काठमाडौं ,चैत्र २१
बिहीबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको छ ।
गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई पनि सप्राइजको रुपमा देखाइएको छ ।
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्र ‘जन्ते बाख्रो’ आगामी जेठ ९ गतेबाट सिनेमा देशभरका सिनेमा घरमा रिलिज हुनेछ । यसअघि सिनेमाको फर्स्लुक सार्वजनिक गर्दै जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अब जेठ ९ गतेबाट प्रदर्शनमा आउने जानकारी गीत रिलिज कार्यक्रममा जानकारी दिएको थियो ।

सन्तोष गौतमले निर्माण गरेको यस चलचित्रका मुख्य अभिनेता सौगात मल्ल सगै आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखक हुन् हुन् ।चलचित्रमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ ।


