बैशाख २६, माडी । माडी नगरपालिकामा शिक्षण पृष्ठभूमिबाट आउनुभएका ऋषिराम काफ्ले र यसअघि नगर उपप्रमुखको जिम्मेवारीमा रहनुभएकी ताराकुमारी काजी महतो मुख्य उम्मेदवार हुनुहुन्छ ।नगरप्रमुखका रुपमा काफ्ले परीक्षित व्यक्ति होइन, तर प्रधानाध्यापकका रुपमा उहाँले अपेक्षित रामै काम गरेको देखिएको हो । नगर प्रमुखकै अर्का उम्मेदवार महतो भने पाँचबर्ष नगर उपप्रमुख भइसक्नुभएकाले उहाँको कार्यक्षमताको स्तर सार्वजनिक भइसकेको छ ।
नगर उपप्रमुख रहँदा महतोले खासै उल्लेखनीय काम गर्न सक्नुभएन । उहाँको भूमिकाबाट ५ बर्षको कार्यकालमा नगरपालिकामा एक रुपैंया पनि थप बजेट वा कुनै कार्यक्रम आउन सकेन । उहाँ न्यायीक समितिको संयोजक रहँदा अधिकांश उजुरीहरु या त अपलत्रै रहे, या त वडास्तरको न्यायीक समितिमा फर्काइए । नगर कार्यपालिका र अन्य बैठकहरुमा उहाँको भूमिका चुपचाप सुन्ने र हाजिरी गर्नेमै सीमित रह्यो ।
नगरपालिकाका योजनाहरुको अनुगमनका हरेक फाइल मगाएरै उहाँले कार्यकक्षबाटै हस्ताक्षर गरी सो को अनुगमन भत्ता लिनुभएको छिपेको छैन । नगरपालिकामा कर्मचारीहरुको नियुक्तिमा उहाँको संधै चासो रह्यो र आफ्ना नातेदारहरुलाई नियुक्त गर्न उहाँले संधै पहल गरिरहनुभएको पनि सार्वजनिक भएकै तथ्य हो ।
साविकमा गा.बि.स.को कर्मचारी रहँदा बृद्धबृद्धाहरुलाई भत्ता बाँडेका कारण यसअघिको चुनाबमा उहाँको केहि बढी मत आएको भएपनि कार्यक्षमताको प्रश्नमा उहाँ कमजोर पात्र हो । माडी जस्तो विशिष्ट समस्या र सम्भावना बोकेको नगरपालिकाको नगरप्रमुखमा उहाँ निर्वाचित हुनु भनेको ५ बर्ष अलपत्र रहनु नै हो । त्यस्तो अवस्थामा उहाँले नगरप्रमुखको हस्ताक्षर त गर्नुहोला, तर निणर्य भने अरुबाटै भएको हुनेछ ।


