• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बजार जोगाउन कठोर निर्णय

  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित

अछाम, वैशाख १६ । बर्सौंको मेहनतले बनाएको आफ्नो पक्की घर भत्काउन लगाएर गीता कठायत कुँवरले साँफे हाटबजारलाई आगलागी हुनबाट जोगाउनुभयो । वैशाख १३ गते बिहान ३ बजे अछामको साँफेबगर नगरपालिका–३, साँफे हाटबजारमा भएको आगलागीका क्रममा गीताले आफ्नो पक्की घर भत्काउन नदिएको भए पूरै बजार सखाप हुने जोखिम थियो । तत्काल कठोर निर्णय लिएर त्यो जोखिमलाई गीताले टार्नु भएपछि बजारवासीले उहाँको मुक्तकण्ठले प्रशंसा गरेका छन् । गीता कठायत कुँवर सधैँ जसो आफ्नो कामबाट फर्केर राति खाना खाएर छोरीसँगै सुत्नुभएको थियो । राति एक्कासि ‘आगो लाग्यो’ भनेर कोलाहलसँगै साँफेबगरस्थित नेपाल बैङ्कको साइरन कानमा ठोक्कियो । नजिकै अर्को घरमा बस्ने उहाँकी जेठानी जनक कुँवरले उठाएर जानकारी गराउँदा उहाँको निद्रा एकाएक हरायो ।

बाहिर हेर्दा दनदनी आगो बलेको थियो । उहाँकी जेठानी गुहार मागिरहनुभएको थियो । यता आगोको लप्का उहाँकै घरतिर आइसकेको थियो । उहाँ हतारिँदै बाहिर निस्किनुभयो । जति गर्दा पनि आगो नियन्त्रण गर्न सकिने अवस्थामा थिएन ।

स्थानीय ब्यापारी प्रेमबहादुर खड्काको शुभेक्षा मम सेन्टरमा विद्युत् सर्ट भएर पसलमा आगो लागेर अन्य घरमा सल्किँदै गयो । आगो निभाउन स्थानीयदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि लागेको थियो । सबै लाग्दा पनि आगो नियन्त्रणमा आउन सकिरहेको थिएन ।

स्थानीय तहमा दमकल थिएन । एक घण्टासम्म आगो दन्किरहेको थियो । आगो लागेको केहीबेरमै सात वटा पसल जलेर नष्ट भइसकेका थिए । आगोले धेरै क्षति हुन नदिन एउटै उपाय देखियो– बिचमा रहेको गीताको घर भत्काउनु । आगो निभाउन कुनै सिप नलागेपछि २८ वर्षीय गीताले आफ्नो घर भत्काउन दिन तयार हुनुभयो । तत्कालै डोजर ल्याएर घर भत्काएपछि आगो अगाडि बढ्न सकेन । उहाँका श्रीमान्को छ वर्षअघि मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । उहाँकी सासूले पनि बजार जोगिन्छ भने हाम्रो घर भत्काऊँ भनेर सल्लाह दिनुभयो ।

गीता भन्नुहुन्छ, “आगोलाई अगाडि बढ्नबाट रोक्न मेरो पक्की घर भत्काउनैपर्ने सबैको भनाइ आयो । बरु मेरै घर जाओस्, अरू त जोगिएला भन्ने सोचेर भत्काउन दिएँ ।” उहाँको तत्कालको निर्णयलाई बजारवासीले प्रशंसा गरेका छन् । जिल्ला प्रहरी कार्यालको प्रारम्भिक तथ्याङ्क अनुसार आगलागीबाट तीन करोड ८६ लाख ६५ हजार रुपियाँ बराबरको क्षति भएको छ ।

पुनर्निर्माणको पर्खाइमा हाटबजार

यतिबेला गीतालाई मात्र होइन, आगलागीमा घर जलेका १० घरपरिवारलाई नै अब कसरी घर बनाउने भन्ने चिन्ताले पिरोलेको छ । कतिपयका त ऋण काढेर पसलमा राखेका सरसामान पनि जलेर नष्ट भएका छन् ।

आगलागीपीडितको दैनिकी चलाउने मेलोमेसो नै बिग्रिएको छ । साँफे हाटबजारका आगलागीपीडितका लागि १० लाख रुपियाँ दिने सुदूरपश्चिम प्रदेश सरकारले निर्णय गरेको छ । त्यस्तै साँफेबगर नगरपालिकाले तत्काल छ लाख रुपियाँ दिने निर्णय गरेको छ ।

स्थानीय सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले बताउनुभयो । गीतालाई पनि स्थानीय सरकारले घर बनाइदेला भन्ने आशा छ । उहाँले भन्नुभयो, “बर्खा लाग्नै लाग्यो । पाल हालेर पनि बस्न सकिने अवस्था छैन ।”

गीतालगायत आफ्नो सर्वस्व गुमाएका अन्य पसलका सञ्चालक पनि पुनर्निर्माणको पर्खाइमा छन् । उता साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवर पुनर्निर्माण र आगलागीपीडितको व्यवस्थापनका लागि स्थानीय सरकारले तिनै तहका सरकारलगायत सरकारी र गैरसरकारी निकायसँग समन्वय गरिरहेको बताउनुभयो ।गोरखापत्रबाट साभार

मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.