• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

एमाले इच्छाकामनाको प्रतिबद्धता : चेपाङलाई विद्युतमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई ५ हजार उपचार खर्च

  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

वैशाख २६, चितवन । इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढि जनसंख्या भएको चेपाङ समुदायलाई नेकपा (एमाले) इच्छाकामनाले विद्युत महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । यो सुविधा दलित समुदायलाई पनि हुने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

गाउँपालिका जितेपछि एमालेले आफ्ना कार्यक्रमलाई शिक्षा र स्वास्थ्यमा जोड दिने उल्लेख गरेको छ । सम्वृद्ध इच्छाकामना निर्माणका लागि नेकपा(एमाले)ले अघि सारेका शिक्षा र स्वास्थ्यका योजना अनुसार वडागत तहमा आधा घण्टाको दूरीमा बाल सिकाई केन्द्र सञ्चालनको व्यवस्था मिलाइने, विद्यालयहरूमा आवश्यकताका आधारमा कम्तीमा एक सेट कम्प्युटर÷ल्यापटप, प्रिन्टरसहित इन्टरनेट सेवा उपलब्ध हुने व्यवस्था मिलाइने, विद्यालयहरूमा माग र आवश्यकताका आधारमा प्राविधिक धारको शिक्षण सञ्चालन गर्ने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।
पहाडी क्षेत्रमा विद्यालय छाड्ने दरमा सुधारका लागि विभिन्न कार्यक्रम सहित योजना ल्याइने, विद्यार्थीको अनुपातमा आवश्यक बिषयगत शिक्षक दरबन्दी आपूर्तिको व्यवस्था मिलाइने, हरेक विद्यालयमा बालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरण को व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, हरेक विद्यालयमा एक नर्स (स्वास्थ्य परिचालिका)को व्यवस्था गर्ने, शैक्षिक सिकाई उपलब्धीका आधारमा शिक्षक प्रोत्साहनको योजना ल्याइने, शिक्षामा नागरिक पहुँच पु¥याइने, पोषणसहितको प्रारम्भिक बालविकास तथा शिक्षाको पहुँच हुने व्यवस्था मिलाइने एमालेका अध्यक्ष पदका उम्मेदवार दानबहादुर गुरुङले बताए ।

पालिकाभित्र रहेका विभिन्न जातजातीहरूको आफ्जो मातृभाषाको संरक्षण गर्न पालिका भित्रका विद्यालयस्तरमा स्थानीय पाठ्यक्रम बनाएर कक्षा सञ्चालन गर्न गर्नै व्यवस्था मिलाइने उनले बताए । स्वास्थ्य सेवातर्फ गरिबको रेखामुनि रहेका नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाइनेछ साथै पालिका भित्रका सबै नागरिकहरूका लागि अनिवार्य स्वास्थ्य बिमाको योजना लागु गरिने अध्यक्ष पदका उम्मेदवार दानबहादुर गुरुङले बताए ।

गाउँपालिका भित्रका नागरिकहरूको आरोग्य पूर्ण दीर्घ जीवनका लागि स्वास्थ्य योजनामा आधारित कार्यक्रमहरु कार्यान्वयनको चरणमा लगिने र आधारभूत स्वास्थ्य सेवा जस्तो नागरिकको मौलिक हक सुनिश्चितता गर्न पालिका भित्र विशेषज्ञ चिकित्सक सहितको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने गुरुङको प्रतिबद्धता छ ।

त्यस्तै, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गरिने, स्वास्थ्य चौकीको पहुँच नपुगेका वडाहरूमा स्वास्थ्य चौकी स्थापना गरिने, वडागत रूपमा आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । आकस्मिक दुर्घटना कोष खडा गरी दुर्घटनामा परेकाहरूका लागि उक्त कोषबाट सहयोग पु¥याइने व्यवस्था मिलाइने र गर्भवती महिलाका लागि आवश्यक पोषण भत्ताको व्यवस्था मिलाइन उपाध्यक्ष पदकी उम्मेदवार माया सिलवालले बताइन् ।

पयर्टकीय गन्तब्यलाई स्थानीयको आजआर्जनसँग जोड्ने

इच्छाकामनामा रहेको जिल्लाकै महत्वपूर्ण पयर्टकीय गन्तब्यहरुको प्रचारप्रसार र सुविधाहरु बढाउने गरी पूर्वाधारहरु थपिने एमालेले जनाएको छ । मनकामना माइको दर्शन गर्न आउन पर्यटकहरुलाई चितवनकै अग्गो डाँडा उपरदाङ्गगढि, सिराईचूली, इच्छाकामना मन्दिरसम्म लैजाने व्यवस्था मिलाइने छ । ति ठाँउहरुमा होमस्टेहरुको प्रवद्र्धन गर्ने, स्थानीय समुदायलाई आवश्यक तालिमसहित दक्षता बढाउने र आयआर्जनसँग जोड्ने काममा गाउँपालिका लाग्ने एमालेले जारी गरेको प्रतिवद्दता पत्रमा उल्लेख गरिएको छ ।

मौवाखोलीदेखि मुग्लिनसम्म त्रिशूली नदीमा जलयात्राको व्यवस्था गर्ने, नदी क्षेत्रका तटिय क्षेत्रमा होटल तथा अन्य पर्यटकीय गतिविधीलाई बढाउन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने एमालेको प्रतिवद्दता पत्रमा समेटेको छ । खोला तटिय क्षेत्रमा व्यावसायिक रुपमा खेती गर्न चाहने कृषि फर्महरुलाई सिचाईको सुविधाका लागि पानी लिफ्ट गर्ने सुविधा गाउँपालिकाले दिनेछ ।

जेष्ठ नागरिकहरुलाई ५ हजार उपचार खर्च

जेष्ठ नागरिकहरुलाई सरकारले दिने चार हजार रुपैया भत्तासँगै बार्षिक रुपमा उपचारका लागि भनेर गाउँपालिकाले ५ हजार रुपैयाँ दिने प्रतिवद्दता घोषणपत्रमा जनाइएको छ । एमालेले गरिवीको रेखामूनी रहेका घरपरिवारको निःशूल्क बिमा गरिदिने कार्यक्रमसमेत सार्वजनिक गरेको छ । वडागत रुपमा निःशुल्क स्वास्थ्य शिविर चलाउने पनि एमालेले जनाएको छ ।

सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.