वैशाख २७, चितवन । माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार रामकृष्ण चौधरीले अर्का उम्मेदवार पुरन महतोलाई समर्थन गर्दै उम्मेदवारी निष्कृय पार्नुभएको छ ।
चौधरीले एक वक्तव्य जारी गर्दै वडाध्यक्षमा बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार पुरन महतो तथा नगर प्रमुख र उप-प्रमुखमा सोही गठबन्धनका ऋषि काफ्ले र खेम प्रसाद महतोलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय बनाएको सार्वजनिक गर्नुभएको हो ।
समग्र माडी र वडा नं. ३ को विकास साथै समाज रुपान्तरणमा बाम लोकतान्त्रिक गठबन्धनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको चौधरीको लेखाई छ । माडी-३, ईनारबरुवा निवासी चौधरी लामो समय शिक्षकका रुपमा कार्यरत रही हालै निवृत्त हुनुभएका थियो ।
तपाईको प्रतिक्रिया


