• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा

  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित

पाल्पा ,जेठ ०६ । पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ । बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

यहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्ने बच्चाको बोली फुट्छ भन्ने जनविश्वास रहिआएको छ । यस कुवाको पानीमा अनौठो शक्ति भएको स्थानीयले विश्वास गर्दै आएका छन् ।

“परापूर्वकालमा एक जना जोगीले तीर्थमा जाँदा रात परेको र सामाकोटमा बास बस्दा अत्यधिक प्यास लागेपछि पानीको मुहान, वरपर घर कुने नदेखेपछि हातमा लिएको चिम्टाले जमिनमा गाडेर पानी निकालेका थिए । तिनै जोगीले आफूले पानीले प्यास मेटेको र अबदेखि यहाँको पानी पिएमा बोली नखुलेका बच्चा बोल्न सकुन् भनी आर्शिवाद दिएर त्यहाँबाट आफ्नो गन्तव्यतर्फ लागेका भन्ने जनविश्वास छ”, स्थानीय भुनकुमारी गहतराजले भनिन् ।

सोही समयदेखि स्थानीयले पानी निकालेको स्थानमा कुवा निर्माण गरेपछि यस ठाउँको नाम पनि जोगीपानी राखेका ज्येष्ठ नागरिकले बताउने गरेका गहतराजले उल्लेख गरिन् । उनका अनुसार यहाँको पानी पिउनाले बोली नफुटेका बच्चाको बोली आउँछ भन्ने विश्वास सयौँ वर्षदेखि रहेको भन्दै कतिपय मानिस आशा बोकेर यहाँ पानी लिन आउने गर्दछन् ।

आधुनिक प्रविधि र विज्ञानको युगमा बोल्न नसक्नेका लागि विभिन्न उपचार पद्दतिमार्फत चिकित्सकले बोली फर्काउने भए पनि खर्चिलो हुने र सहज नहुने भएकाले आर्थिक अवस्था कमजोर भएकाहरूले यहाँको पानी उपयोग गर्ने गर्दछन् ।

यसको वैज्ञानिक तथ्य भने अहिलेसम्म फेला पर्न नसकेको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका सहायक क्याम्पस प्रमुख एवं जीव विज्ञानका प्राध्यापक चन्द्रबहादुर थापाले बताए । धार्मिक आस्थाका कारण यहाँको पानी बोली नफुटेका बच्चालाई खुवाउने गरिए पनि अहिलेसम्म त्यस्तो वैज्ञानिक आधारहरू भने फेला नपरेको उनले जानकारी दिए ।

प्राध्यापक थापाले भने, “शारीरिक विकास ढिलोचाँडो हुन्छ तर पानीकै कारण बोली फुट्छ भन्ने कुराको वैज्ञानिक आधार भने अहिलेसम्म पाइएको छैन ।” यसको विस्तृत रूपमा अनुसन्धान गरेर मात्र वास्तविकता भन्न सकिने उनको भनाइ छ ।

यस कुवाको प्रचारप्रसार हुन नसक्दा धेरैलाई यसबारेमा थाहा नभएको स्थानीय गहतराजले बताइन्। उनका अनुसार थाहा पाएकाहरू नेपालका विभिन्न जिल्लाका साथै भारतबाटसमेत मानिस आउने गरेका छन् । उनले भनिन्, “केही मानिस कुवाको पानी पिएपछि बच्चाको बोली फुटेपछि यहाँ आएर पूजासमेत गर्ने गर्दछन् ।”

कुवा बाटोको छेवमा अवस्थित छ । लामो समय कुना सडक छेउमा भए पनि सडक विस्तार गर्ने क्रममा मासिने अवस्थामा पुगेपछि अहिले कुवा भएको ठाउँमा ट्याङ्की निर्माण गरिएको स्थानीय दिलकुमारी गहतराजले बताइन् ।

“अहिले पानी सडकबाट तल लगेर अर्को ट्याङ्की निर्माण गरी प्रयोगमा ल्याइएको छ । धेरैलाई यहाँको पानी खाएमा बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने थाहा नभएकाले यसको प्रचारप्रसार भएमा वास्तविकता अनुसन्धान पनि हुने थियो कि ?”, उनले प्रश्न गरिन् । कतिपय यहाँबाट बोतलमा पानी लिएर पनि जाने गरेका उनको भनाइ छ ।

आफ्नो छोरी आठ/दश वर्षको उमेर हुँदा पनि बोली नफुटेपछि यहाँको पानी खुवाएर अहिले स्पष्ट बोल्नसक्ने भएकी स्थानीय कमला गहतराजले उल्लेख गरिन् । पानी लिन आउँदा मानिसहरूले केही भेटी चढाउनेसमेत गरेको उनले जानकारी दिइन् ।

यहाँको पानी सञ्जिवनी बुटीसरह भए पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीयको गुनासो छ । यहाँ कुवा नजिकै सूचना राखिए पनि त्यसको पर्याप्त प्रचार हुन सकेको छैन् ।

स्थानीय सरकारले यहाँको पानीलाई थप व्यवस्थित गरी तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नसके आम्दानीको स्रोत बन्नसक्ने पत्रकार प्रकाश नेपालले बताए । उनले यस कुवाको महत्त्वलाई उजागर गरी अनुसन्धान गर्ने वातावरण स्थानीय सरकारले मिलाउनुपर्नेमा उनले जोड दिए ।

तानसेन नगरपालिका–११ का वडाध्यक्ष यादवसिंह कार्कीले यसको संरक्षण र महत्त्वलाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरेको बताए । उनले परापूर्वकालदेखि जोगीकुवाको महत्त्व रहँदै आएकाले स्थानीयको जनविश्वासलाई संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गरे । आगामी दिनमा धार्मिक र वैज्ञानिक आधारसँग जोडर कुवाको वास्तविकता अुनसन्धानमार्फत पत्ता लगाउने योजना रहेको उनले जानकारी दिए ।

मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.