चितवन , जेठ ०७ – चितवनको इच्छाकामना गाउँपालिका ७ दाहाखानीस्थित दाहाखानी भिउ रिसोर्टमा पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुवेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वार्ड नम्बर २२ का २५ वर्षिय लोकेश महतो रहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ।मंगलबार सांझ १० जना साथिहरुसंग रमाइलो गर्न महतो दाहाखानी रिसोर्ट पुगेका थिए । रिसोर्टभित्र रहेको बारमा खाजा खाएर स्वीमिङ पुलमा पौडी खेल्न गएका महतो धेरैबेर नफर्किएपछि साथिहरु हेर्न जाँदा स्विमिङ पुलमा तैरिरहेको अवस्थामा देखेर उनिहरुले नै उपचारका लागि भरतपुर ल्याएका थिए ।
पुरानो मेडिकल कलेजमा ल्याएकोमा ७ गते बिहान १२ :३५ बजेको समयमा डाक्टरले चेकजाँच गरी उनलाई मृत घोषणा गरेका थिए । संगै गएका ९ जना साथिलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया


