वैशाख २७,माडी । माडी नगरपालिका वडा नं ५ पिपरीयाका माओवादी कार्यकर्ताहरु सोमवार पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको कुरा भ्रामक रहेको वडा नं. ५ का वडा सदस्यका उम्मेदवार फिरल महतोले जनाउनु भएको छ ।कमल महतोको नेतृत्वमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका २२ जना थारु युवाहरुलाई नेकपा एमालेका नेताले जबरजस्ती फोटो खिच्न भनि दबाबमा पारेर पार्टी प्रवेश गराउनुभएको कुरा फिरल महतोले बताउनु भएको छ ।
माओवादी परित्याग गरी एमाले प्रवेश नगरेको फिरल महतोले माओवादीले आफ्नो टोललाई उपेक्षा नगरेको बरु विकासको लागि आफ्नो पार्टी माओवादी केन्द्रको पहलमा नै कच्ची बाटोलाई ग्राभेल गरी पिचको तयारी गरेको र विभिन्न विकासका योजनाहरु बनाएको, एमालेले आफुहरुलाई जबरजस्ती माओवादी केन्द्रको बिरुद्द बोल्न लगाएको कुरा मन नपरेको बताउनुभयो । नेकपा एमालेले झुक्काएर पार्टी प्रवेश गराएको बताउदै फिरल महतोले अब प्रतिबद्ध भएर बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउने अभियानमा लाग्ने भन्दै आजको वडा नं. ५ को घरदैलोमा सबै जना यूवाहरु सहभागी रहेको जानकारी दिनुभयो ।
एमाले माडी का नेताहरुले भ्रमात्मक समाचार बनाएर माडिका मतदाताहरु भड्काइरहेको भेटिएको छ । विभिन्न प्रलोभन देखाएर एकै छिन झण्डा समाउन लगाइ तस्बिर खिचेर पार्टी प्रबेसको समाचार बनाउदै सामाजिक सन्जाल तताइरहेका छन । हरेक क्षेत्रमा झुटको खेती गर्दै बिना एजेन्डा चुनाबमा होमिएको पार्टिले मतदाताहरु लाई धम्की दिने, प्रलोभन देखाउने, जस्ता हर्कत गर्दै निर्वाचन को आचारसंहिता समेत उल्लघन गरेको भेटिएको छ । हार मानसिकताको उपज एमालेले नकारात्मक हर्कत गरिरहेको आरोप लगाउनु भएको छ ।


