• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौँ-भरतपुर परीक्षण उडान

  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित

चितवन- बुद्ध एयरको ७२ सिटे जहाजले बिहीबार काठमाडौँ-भरतपुर परीक्षण उडान गरेको छ। काठमाडौँबाट उडेको एटिआर-७२ जहाज बिहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको थियो।

धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो। बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा छन्। तीमध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन। त्यसपछि पनि उडानलाई नियमित बनाउन एटिआर-७२ को परीक्षण गरिएको हो।

बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले साना जहाज मात्रै चलिरहेको अवस्थामा छिट्टै ठुलो जहाज पनि सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए। अनुमति प्राप्त गरे लगत्तै नियमित उडान सुरु गर्ने उहाँले बताउनुभयो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहा निर्देशक देवचन्द्र लाल कर्णले परीक्षण उडानसँगै अब एटिआर-७२ जहाजले यहाँ नियमित उडान गर्न सक्छ कि सक्दैन भनेर विश्लेषण गरिने बताए। ‘आज जहाजले विमानस्थलको दुवैतर्फबाट ल्यान्ड र उडान गर्‍यो।
आँखाले हेर्दा त्यो सफल पनि देखियो। तर उडानको क्रममा दुई पाइलटका बिचमा भएका कुरा, इन्जिनले कस्तो काम गर्‍यो, ब्रेकिङ एक्सन कतिको लियो लगायतका सबै कुराको फ्लाइट डाटा रेकर्डको विश्लेषण गरेपछि बल्ल नियमित उडानको बारेमा निर्णय लिन सकिन्छ। आजको परीक्षण उडान प्राविधिक रुपमा सफल भयो कि भएन त्यसपछि नै भन्न सकिन्छ,’ उनले भने, ‘प्रक्रिया सकिन करिब एक महिना समय लाग्न सक्छ।’

यो जहाजको क्षमता ७२ जना यात्रु बोक्न सक्ने भए पनि भरतपुर-काठमाडौँ उडानको क्रममा कति यात्रु बोक्न सक्छ भन्ने कुरा त्यही समयको मौसमले निर्धारण गर्ने कर्णले बताउनुभयो।

उक्त जहाजका पाइलट क्याप्टेन प्रमोद थापाले काठमाडौँ-भरतपुर उडान सहज रुपमा भएको जानकारी दिनुभयो।
भरतपुर विमानस्थलको धावनमार्ग १२ सय मिटर लामो छ। विमानस्थलको बिस्तार गर्ने प्रयास लामो समयदेखि भइरहे पनि प्रक्रिया सुस्त भइरहेको छ।

बिहीबार परीक्षण उडान गरिएको जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्न सक्ने अनुमान गरिएको बुद्ध एयरका भरतपुर स्टेसन म्यानेजर बस्नेतले बताउनुभयो।

श्री एयरले पनि ८० सिट क्षमताको जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्दै आएको थियो। करिब १ महिना देखि श्री एयरको उडान हुन सकेको छैन।

बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.