• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कान हत्याको मुद्दा फैसला , चार जनालाई जन्मकैद

  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित

भरतपुर,जेठ १३ । जिल्ला अदालत चितवनले कान भनेरसमेत चिनिने अनिल परियार हत्या घटनाको फैसला गरेको छ ।जेठ ८ गते र जेठ १२ गते दुई फरक पेसीमा मुद्दाको टुंगो लागेको हो ।

चार जनाको जन्मकैदको फैसला जेठ ८ गते नै भएको र एक जना आरोपितको हकमा चार वर्ष कैद फैसला १२ गते सोमबार भएको अदालतले जनाएको छ । न्यायधीश रमेशप्रसाद ज्ञवालीको इजलासबाट उक्त मुद्दाको फैसला भएको हो । यस घटनामा ६ जनाविरुद्ध मनशाय पूर्वक हत्या गरेको भनी जाहेरी परेको थियो ।

यस घटनाका चार अभियुक्तलाई जन्मकैद (२५ वर्ष) को सजाय भएको छ । जन्मकैद सजाय पाउनेमा विश्व भन्ने हेमन्त वास्तोला, अजय भन्ने अशोक भण्डारी, राहुल भनिने सुनिल राउत (मृतकका भाइ) र तिलक गैरे रहेका छन् ।

जन्मकैदका साथै उनीहरुबाट मृतकको परिवारलाई जनही एक लाखका दरले क्षतिपूर्ति भराउनेसमेत फैसला भएको चितवन अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताए । यस घटनाका मतियार भनिएका विक्रम भन्ने रोहित सिलवाललाई चार वर्ष कैद र ४० हजार पीडित पक्षलाई क्षतिपूर्ति भराउने फैसला भएको छ । त्यस्तै अर्का आरोपी सुशान्त उप्रेतीले भने अभियोगबाट सफाइ पाएका छन् । ५२ औं पटकसम्म पेसी चढेको यस मुद्दा झण्डै तीन वर्षमा टुंगो लागेको हो ।

भरतपुर–१२ का अनिल परियार (कान)को हत्या ०७९ वैशाख २५ गते साँझ ७ बजेको समयमा भरतपुर–७ स्थित कृष्णपुर खेलकुद मैदान नजिक भएको थियो ।

चितवन प्रहरीले यस घटनामा ६ जनालाई आरोपीत बनाइ कर्तव्य ज्यान मुद्दा चलाएको थियो । घटना भएको एक महिनापछि ०७९ जेठ २४ गते बास्तोला, सिलवाल र राउत पक्राउ परेका थिए । एक वर्ष पछि मात्र भण्डारी उप्रेती पक्राउ परेका थिए ।

बास्तोला काठमाडौंबाट पक्राउ परेका हुन् भने परियार र सिलवाल चितवनबाट पक्राउ परेका हुन् । परिवारले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ । हत्या सम्बन्धमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) चितवन आएको थियो ।

त्यस दिन रिजालचोकमा साथीहरुसँग वसेको अवस्थामा अनिललाई बाइकमा राखेर कृष्णपुर लगिएको थिए । एकातर्फ बोधो र एकातर्फ तिखो धार रहेको चक्कुले छातीदेखि पेटभागसम्म ३० पटक प्रहार गरिएको पोस्ट मार्टम रिर्पोटबाट खुलेको थियो । घटनास्थलमा दुईवटा गोलीका खोकासमेत भेटिएको प्रहरीले बताएको थियो । तर अनिलको हत्यामा गोली प्रयोग नभएको पोस्ट मार्टमका क्रममा पाइएको थियो ।

 

मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.