• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

निकुञ्जको संरक्षणमा हात्ती

  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित

चितवन, साउन २८ गते । निकुञ्ज संरक्षणका क्षेत्रमा सुरक्षाका दृष्टिले सबैभन्दा महत्वपूर्ण जनावर हात्तीको संरक्षण पहिलो सर्त हो । लोपोन्मुख वन्यजन्तुको संरक्षणदेखि यातायातका साधनका रूपमा समेत हात्तीको प्रयोग गरिने भएकाले पहिले यसको संरक्षण गर्नुपर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताउनुभयो ।

हात्तीबिना निकुञ्जको सुरक्षा कल्पनासमेत गर्न सकिँदैन । बाघ नियन्त्रण, गैँडा गणना, सुरक्षाका सामग्री ढुवानी, सुरक्षा गस्तीलगायत काममा हात्ती नभई नहुने जनावर भएको उहाँले जानकारी दिनुभयो ।

मानव बस्तीमा पसेका तथा मानिसलाई आक्रमण गरेर लुकेका बाघलाई नियन्त्रण गर्न अहिलेसम्म हात्तीबाहेक अन्यबाट सम्भव नभएको उहाँले स्पष्ट पार्नुभयो । “हात्ती भएन भने हामीले कुनै पनि हालतमा बाघलाई नियन्त्रण गर्न सक्दैनौँ,” उहाँले भन्नुभयो, “त्यसैले हात्तीको संरक्षण अपरिहार्य छ ।”

सबै वन्यजन्तुलाई संरक्षण गर्नु पर्दछ तर हात्तीको संरक्षण धेरै महत्वपूर्ण छ । बर्सातमा यातायातका लागि, बिरामीको उपचार गर्न लैजान, औषधी ढुवानी गर्न सबै कामका लागि हात्तीको उपयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्तले भन्नुभयो, “हात्ती संरक्षण गर्दा उसको मात्र होइन, अन्य जनावरको पनि संरक्षण हुन्छ ।” उहाँका अनुसार निकुञ्जको समग्र सुरक्षामा हात्तीको भूमिका रहन्छ । हामीसँग भएको वासस्थान अनुसार हात्तीको संरक्षण गर्न सक्नु पर्छ । तीक्ष्ण बुद्धिको जनवारका रूपमा रहेको हात्ती मानिसपछिको स्मरणशक्ति धेरै भएको जनावर हो ।

चोटपटकको समस्या 

जङ्गल र जटिल स्थानमा हिँड्ने हात्तीमा चोटपटकको समस्या हुने गरेको छ । निकुञ्जको सुरक्षार्थ खटिने गरेका हात्तीलाई सवारीसाधन नजाने स्थानमा समेत लैजाने गरिएको छ । जङ्गलमा हिँड्दा काँडा, घोच्ने विभिन्न सामग्री, रुखमा ठोक्किँदा लाग्ने चोटपटकले हात्तीमा घाउ लाग्ने गरेको वरिष्ठ पशुचिकित्सक विजय श्रेष्ठले बताउनुभयो । “हात्तीमा हुने चोटपटकको समस्यामा कमी आउन सकेको छैन,” डाक्टर श्रेष्ठले भन्नुभयो, “नेपालको एक मात्र हात्ती प्रजनन केन्द्र सौराहामा रहेको छ । यहाँ भएका हात्तीमा केही वर्षअघि क्षयरोगको समेत सङ्क्रमण थियो तर अहिले छैन ।” एउटा हात्तीको वजन चार हजार किलोसम्म हुने गर्छ । भारी वजनका कारण  चोटपटक लागेमा निको बनाउन धेरै समय लाग्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “हामीले उपचार गर्दै आएका छौँ तर पनि नियमित जङ्गल जानुपर्ने भएकाले समस्या निर्मूल पार्न कठिन हुने गरेको छ ।”

वासस्थानको समस्या  

जङ्गल मासिँदै जाँदा हात्तीका लागि चुनौती थपिएको छ । प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार मानिसको चापले गर्दा विकास निर्माणका पूर्वाधारले जङ्गललाई असर पार्छ । हात्तीको वासस्थान नै मासिन थालेपछि चुनौती थपिएको हो । सौराहामा रहेको हात्ती प्रजनन केन्द्रमा सरकारी हात्ती ६० वटा रहेका छन् भने निजी हात्ती ४३ वटा छन् । सरकारी हात्ती निकुञ्जभित्र चरनका लागि जाने गर्छन् तर निजी हात्ती भने मध्यवर्ती क्षेत्रमा लगिन्छन् । जङ्गल विनाश हुँदै जानु हात्तीको वासस्थानमाथिको अतिक्रमण भएको प्रमुख संरक्षण अधिकृत पन्तले बताउनुभयो ।

निजी हात्ती घट्दै  

पाँच वर्षअघि चितवनको सौराहामा निजी क्षेत्रका ६८ वटा हात्ती पालिएका थिए । कोभिड–१९ का कारण पर्यटकको सङ्ख्यामा कमी, हात्तीको दानापानी पु¥याउन नसक्ने भएपछि अहिले ४३ वटामा झरेको छ । हात्ती पाल्नका लागि खर्च धेरै तर आम्दानीमा कमी भएपछि निजी क्षेत्रले हात्ती पाल्न छाडेको होटल व्यवसायी श्रीलाल परियारले बताउनुभयो ।

“कोभिडअघि दुई वटा हात्ती थिए, अहिले एउटा मात्र पालेको छु,” उहाँले भन्नुभयो, ‘पहिलाको तुलनामा अहिले विदेशीहरू हात्ती चढ्न मान्दैनन् । पशुलाई दुःख दिन हुँदैन भन्दै हात्ती नचढ्ने बढ्दा जिप सफारी गर्ने धेरै भएका छन् ।”

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले भन्नुभयो, “पर्यटक आगमनमा कमी भएपछि त्यसको असर हात्तीमा परेको छ । धेरै पर्यटक आए हात्ती चढ्ने वृद्धि हुन्छन्, हात्ती चढ्ने नभएपछि पाल्नलाई समस्या हुँदै गएको हो ।” शालिग्राम नेपाल ,गोरखापत्र

बुधबार, साउन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.