चितवन ,साउन २८
मंगलबार दिउसो नापी कार्यालय खैरहनी चितवनका प्रमुख शालिग्राम लम्साललाई कालोमोसो छ्याफ्ने एकजना पक्राउ परेका छन्।लम्साललाई कार्यकक्षमा गई कालोमोसो छ्याप्ने नेकपा बहुमत जिल्ला सेक्रेटरी ध्रुव खड्कालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
लम्सालको कार्यकक्षमा गई दुईजना व्यक्तिहरूले कालोमोसो फ्याँकी फरार रहेकोमा एकजना पक्राउ परेका हुन्। उनको साथबाट ९ प्रति पर्चा समेत फेला परेको प्रहरीले बताएको छ। थप एकजनाको खोजीकार्य भैरहेको प्रहरीको भनाई छ।
उनीहरुले छाडेको प्रचामा कित्ता काट गर्दा मोटो रकम लिने गरेको, कित्ताकाट गर्न नमिल्ने जग्गालाई भूमाफियासँग मिलेर गर्ने गरेको, सेवाग्राहीबाट विभिन्न शिर्षकमा रकम लिएको र कार्यालय समयभन्दा ढिलो कार्यालय आउने गरेको उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया


