• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

एमाले विधान महाधिवेशनः विद्या समूहको फरक मतसहितको प्रतिवेदन

  •   बुधबार, भदौ ११, २०८२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा गोलबद्ध हुन थालेको पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीनिकट समूहले आसन्न विधान महाधिवेशनमा फरक मत पेस गर्ने तयारी थालेको छ ।

एमालेले विधान महाधिवेशनको नारा तय गरेलगत्तै भण्डारीको पक्षमा खुलेर लागेका नेताले भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न नमिल्ने भन्दै सदस्यता नवीकरण हुनुपर्नेसहितका विषय समेटेर फरक मत राख्ने तयारी गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेता विधान महाधिवेशनमा फरक मतसहित छुट्टै प्रतिवेदन पेस गर्ने तयारीमा जुटेका छन् ।

उनीहरूले प्रतिवेदनमा जनताको बहुदलीय जनवाद (जबज)को कार्यान्वयनका ’boutमा नेतृत्वको स्वेच्छाचारी र कमजोर पक्षलाई समेटेर अगाडि बढाउने तयारी गरेको बताएका छन् ।

भण्डारी समूहका नेताले पार्टीको विधानमा ७० वर्षे उमेरहद लागू गर्नुपर्ने, पालिकादेखि केन्द्रसम्मको पदाधिकारीको एउटै पदमा दुई कार्यकालभन्दा बढी आउन नपाउने व्यवस्था कायम गर्नुपर्ने अडानमा छन् । उही पदमा तेस्रो कार्यकालका लागि आउन नमिल्ने उनीहरूको अडान छ ।

भण्डारी पक्षका नेताहरूले विधान महाधिवेशनअघि बस्ने केन्द्रीय कमिटी बैठकमा लिखित प्रतिवेदन पेस गर्न पार्टी नेतृत्वमाथि दबाबसमेत बढाएका छन् । भण्डारीनिकट मानिने स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले यसअघि लिखित प्रतिवेदन नआएकाले अब केन्द्रीय कमिटीमा लिखित रूपमै पेस गरी छलफल हुनुपर्ने जनाएका छन् ।

‘यसअघि लिखित रूपमा आएन, लिखित रूपमै ल्याएर बैठकमा छलफल गरी विधान महाधिवेशनमा पेस हुने अपेक्षा छ, हामीले सबै प्रस्तावमा छलफल गरेर अगाडि बढ्नुपर्ने भन्दै आएका छौं,’ थापाले भने ।

भण्डारीले राजनीतिमा सक्रिय हुनबाट कसैले रोक्न नसक्ने भन्दै आफ्ना गतिविधिलाई तीव्रता दिँदै आएकी छन् । यसअघि गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा लागेको घोषणा भण्डारीले गरेकी थिइन् । पार्टीको संगठित सदस्यता नवीकरण गरिसकेर सक्रिय राजनीतिमा लागेपछि एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता ‘होल्ड’ गर्दै राजनीतिमा ‘ब्रेक’ लगाउने निर्णय गरेको थियो । सो निर्णयको भण्डारीनिकटका नेताले विरोध गर्दै आएका छन् ।

महाधिवेशनको नारा तय
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विधान महाधिवेशनका लागि ‘राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्पः समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा तय गरेको छ । अगामी २० देखि २२ भदौमा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरमा तय भइसकेको छ । त्यसका लागि तयारी तीव्र पारिएको एमालेले जनाएको छ ।

विधान महाधिवेशनमा २ हजार ३ सय ७९ जना प्रतिनिधि सहभागी हुनेछन् । २०७८ मंसिरमा सम्पन्न १०औं महाधिवेशनमा सहभागी प्रतिनिधि नै विधान महाधिवेशनका प्रतिनिधि हुन् ।

२ हजार २ सय २४ जना प्रतिनिधि रहेकामा आयोजक कमिटीसमेत जोड्दा २ हजार ३ सय ७९ जना प्रतिनिधि पुगेको हो । मृत्यु भएका, पार्टी परित्याग गरेका र निलम्बनमा परेकाको प्रतिनिधिबाट नामावली हटाइएको छ । प्रतिनिधिको अद्यावधिक तथ्यांकअनुसार २९ जनाको नामावली हटाइएको छ ।

एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार विधान महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ । प्रतिनिधिको टुंगोसहित अन्य आवश्यक तयारी तीव्र रूपमा अगाडि बढेको उनले बताए ।

गत ६ साउनमा बसेको केन्द्रीय कमिटी बैठकबाट पारित अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विधान मस्यौदा र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पारित भएको थियो । सोही प्रतिवेदनमा समावेश गर्नुपर्ने विषयका ’boutमा प्रदेश र जिल्ला कमिटीबाट सुझाव माग गरिएको छ । प्राप्त सुझाव समावेश गरी विधान महाधिवेशनमा प्रतिवेदन पेस हुनेछ ।

ओली, पौडेल, पोखरेलसहितका नेताहरू प्राप्त सुझाव समावेश गरी प्रतिवेदन लेखनमा लागेका छन् । अगामी शुक्रबार (१३ भदौ)का लागि तय गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गरेर छलफल गर्दै पारित गरेपछि विधान महाधिवेशनमा पेस हुनेछ ।

एमाले स्थायी कमिटीका सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रदेश र जिल्लाबाट प्राप्त सुझावलाई प्रतिवेदनमा समावेश गर्दै अन्तिम रूप दिनुपर्ने भएकाले बैठक स्थगित भएको जनाएका छन् । एमालेले यसअघि प्रदेश र जिल्लालाई १० भदौसम्ममा सुझावहरू लिखित रूपमै पेस गर्न निर्देशन गरेको थियो । प्राप्त सुझावहरूलाई प्रतिवेदनमा समावेश गरी केन्द्रीय कमिटीमा निर्णयार्थ पेस भएपछि विधान महाधिवेशनमा पेस हुन्छ ।

पार्टीको खर्चमा भात, आफ्नै खर्चमा बास
ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनका लागि तयारी तीव्र रूपमा अगाडि बढेको छ । यसअघि पहिलो विधान महाधिवेशनसमेत गोदावरीमै सम्पन्न भएको थियो । नेताहरूलाई विभिन्न कार्यका लागि पार्टीले जिम्मेवारी तोकेरै काममा लगाएको छ । पार्टीले विभिन्न समिति गठन गरेको छ ।

प्रचार तथा प्रकाशन उपसमितिको संयोजन राजेन्द्र गौतमले गरिरहेका छन् । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन, विनोद श्रेष्ठको नेतृत्वमा हल व्यवस्थापन तथा मञ्च व्यवस्थापन समिति बनेको छ ।

लालबाबु पण्डितको नेतृत्वमा अति आवश्यक आवास व्यवस्थापन समिति बनेको छ । यद्यपि, प्रतिनिधिलाई खानाको व्यवस्था भए पनि बस्ने व्यवस्था भने आफैं गर्नुपर्ने भनिएको छ । तर, बासको व्यवस्था आफैंले गर्न नसक्नेलाई पार्टीले व्यवस्थापन गर्नेछ ।

यसैगरी, भीष्म अधिकारीको नेतृत्वमा खाद्य व्यवस्था र केन्द्रीय सचिवालय व्यवस्थापन, कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन समिति, भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक व्यवस्थापन समिति र हेमराज राईको नेतृत्वमा सांस्कृतिक फाँटको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ । जिम्मेवारी तोकिएअनुसार काम तीव्र गतिमा अगाडि बढेको प्रचार विभाग प्रमुख गौतमले जनाएका छन् ।

गोदावरीको हल अनुगमनसहित सचिवालय, मञ्च व्यवस्थापनदेखि स्वयंसेवक परिचालनलगायतका ’boutमा कामहरू भइरहेको गौतमले जनाए ।

बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.