• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

एटुजेड समाचारको आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित

चितवन, भाद्र १५ – एटुजेड समाचार डटकमद्वारा आयोजित तेस्रो तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज (आइतबार) भरतपुर ७ स्थित होटल पौवामा “हरितालिका तीज : पर्व कि प्रदर्शन”? बिषयक आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त आर्टिकल लेखन प्रतियोगितामा सञ्चारकर्मी कल्पना आचार्य प्रथम भएकी छन् । प्रथम भएसँगै उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।यस्तै पत्रकार करुणा देवकोटा द्वितीय भएकी छन् । उनले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन्।

यस्तै पत्रकार दिप्ती विश्वकर्मा तृतीय भएकी छन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् भने सिन्धु ढकाल सान्त्वना भएकी छन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

प्रतियोगितामा फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिएको हो ।

आर्टिकल प्रतियोगितामा २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । जसमा दुर्गाकुमारी रेग्मी, यात्री छिदाल, सूचना गुरुङ, सुधा देवकोटा, कमला गुरुङ, कल्पना आचार्य, आशा खरेल श्रेष्ठ, सुजिता हमाल, दीप्ति विश्वकर्मा, सुनिता सुवेदी, शिला पाठक, सिन्धु ढकाल, सविता श्रेष्ठ, सुरक्षा बराल, संगीता पन्त, बन्दना देबकोटा, करुणा देवकोटा, शारदा पौडेल, ईश्वरी सिं, विष्णु गौतम, पुनम थापा मगर, बसुन्धरा गौतम, खेमकुमारी श्रेष्ठ, सविता अधिकारी र बिरन्जना घिमिरे रहेका थिए ।

सो कार्यक्रमको निर्णायकमा त्रिभुवन विश्वविद्यालय, विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. एकनारायण पौडेल, कालिका संस्कृती विद्यापिठ गैंडाकोटका प्राचार्य केशव चालिसे र नेपाली लेखक संघका अध्यक्ष शान्ती शर्मा रहेका थिए ।

एटुजेड समाचारका अध्यक्ष किशोरचन्द्र सापकोटाको सभाअध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष सापकोटाले चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार सञ्चारकर्मीहरूलाई पुनः चितवनसंग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको बताए ।

उनले आर्टिकल लेखन प्रतियोगितामा सहभागी हुने सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै आर्टिकल लेखन प्रतियोगितालाई अगामी बर्षहरुमा पनि निरन्तरता दिदै जाने बताए ।

कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ सल्लाहकार एवम् विशेषज्ञ फिजिसियन डाक्टर भोजराज अधिकारी रहेका थिए । उनले पत्रकार देशको चौथो अङ्ग भएकाले समाजमा नयाँ ढङ्गले लेखन कार्यलाई अगाडी बढाउन यस्तो खालको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, निप्पोन एजुकेशन सेन्टरका अध्यक्ष दीपक चन्द्र भट्टराई, अतिथी पत्रकार महासंघ चितवनका उपाध्यक्ष शान्ता अधिकारी, दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरे, कनेक्ट एजुकेसनका प्रमुख मेघराज कडेल, प्रेस चौतारी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश इन्चार्ज प्रतीमा सिलवाल, प्रेस सेन्टरका केन्द्रिय सदस्य अजिता अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, डब्लुड्ब्लु जे चितवनका अध्यक्ष सरिता पौडेल लगाएत विभिन्न मिडियामा आबद् पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।यस्तै निर्णायक संयोजक बालकृष्ण थपलिया र बरिस्ट पत्रकार प्रकाश ज्ञवालीलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्त्वय कार्यक्रम संयोजक एवम् एटुजेड समाचारको डेक्स इन्जार्ज अस्मिता पराजुलीले गरेकी थिईन् भने कार्यक्रम सन्चालन पत्रकार बाल गोबिन्द न्यौपानेले गरेका थिए ।

आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.