बैशाख ३१ ,चितवन। पूर्वी चितवनको खैरहनी -१ स्थित मेट्रो पम्पमा रहेको २ वटा बसमा आगलागी भएको छ । के कारणले आगलागी भएको हो भन्नेबारे खुल्न सकेको छैन । खैरहनी नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिईएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार – १६:४५ बजेको समयमा जिल्ला चितवन खैरहनी न.पा १ ज्यामिरे मेट्रो पेट्रोलपम्प पछाडी पार्किङ गरी राखेको सोही पेट्रोलपम्पको साहु झबनाथ पाठकको ना ५ ख ४०६२ र ना ५ ख ४०६४ नम्बरको बसमा अचानक आगलागी हुँदा दुईवटै बस पुर्णरुपमा जली नष्ट भएको, सोहि स्थानमा पार्किङ गरि राखेको अन्य ना. ५ ख ७४५ नम्बरको बसको ढोका साईटको झ्याल ढोकामा र बा ४ ख ३३७८ नम्बरको बसको पछाडिको भागमा सामान्य क्षती भएको, मानबिय क्षति नभएको, उक्त स्थानमा प्र.ना.उ को कमाण्डमा प्रहरी टोली खटिई गई, स्थानिय नागरिक, नेपाली सेना र दमकलको सहयोगमा ऐ.१७:१५ बजेको समयमा उक्त आगो पुर्णरुपमा नियन्त्रणमा आएको, आगलागी के-कसरी लागेको भन्ने सम्बन्धमा अनुसन्धान भईरहेको ।


