जेठ १,चितवन। स्थानीय निर्वाचन २०७९ अन्तरगत माडी नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा माओबादी केन्द्रकाका धनश्याम दवाडी निर्वाचित हुनुभएको छ । यस वार्डमा बाम लोकतान्त्रिक गठबन्धनको वडाध्यक्ष सहित सेट नै विजयी भएको छ ।
आइतबार बिहान सकिएको मतगणनामा लामाले लोकप्रीय १०१८ मत पाउँदै वडाध्यक्ष जित्नुभएको हो । उहाँ यसअघि सोही वडाको निर्वाचित वडा सदस्य रहनुभएको थियो । उहाँको निकटतम् प्रतिद्वन्दी नेकपा एमाले नेता एवं पूर्व वडाध्यक्ष शिवहरि सुवेदीले ५०८ मत पाउनुभयो भने राप्रपाका उम्मेदवार कुल बहादुर दुराले ४६९ मत ल्याउनुभयो ।
सो वडामा बाम लोकतान्त्रिक गठबन्धनबाटै महिला सदस्यमा काँग्रेसकी बिना थापा, दलित सदस्यमा माओवादी केन्द्रका हरिमाया बि.क. र खुल्ला सदस्यमा नेपाली काँग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया


