• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘अभागी’ देउवा, ‘भाग्यमानी’ देउवा

  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित

काठमाडौं । जेनजीहरूको भ्रष्टाचारविरोधी अभियानबाट विद्रोहमा बदलिएको जेनजी आन्दोलनका क्रममा ७३ जनाभन्दा बढीको ज्यान गयो, अर्बौंको भौतिक क्षति भयो । सरकारी कार्यालयदेखि जेनजीले भ्रष्ट ठानेका नेताका घर जले ।

घर खरानी भए पनि मन्त्री र प्रधानमन्त्री सेनाको हेलिकोप्टर प्रयोग गर्दै सुरक्षित स्थानमा भागे । तर, लामो राजनीतिक इतिहास बोकेका नेपाली कांग्रेस सभापति भने आन्दोलनकारीको निसानामा परे । घरमै उनीमाथि आक्रमण हुँदा घाँटीमा चोट लागेर उपचाररत छन् ।

राजनीतिक परिवर्तनका लागि भएका सबैजसो आन्दोलनमा बर्खास्ती, आक्रमण, यातना झेल्ने ‘अभागी’ र परिवर्तनपछिका अधिकांश राजकीय अवसर पाएर ‘भाग्यमानी’ बन्ने नेताहरूको दुर्लभ सूचीमा देउवा मात्रै देखिन्छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहितका नेतालाई नेपाली सेना र प्रहरीले उद्धार गर्दै सुरक्षित रूपमा राख्न सफल भयो ।

तर, देउवासँगै श्रीमती एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा बूढानीलकण्ठस्थित घरमै आन्दोलनकारीबाट घेरिए । नेपाली सेना र प्रहरीले दुवै जनाको उद्धार गर्दैगर्दा आन्दोलनकारीबाट उनीहरू कुटिए ।

पछिल्लो आन्दोलनमा भौतिक आक्रमणमा परेका एक मात्र नेता देउवा त्यसो त भाग्यमानी पनि उत्तिकै छन् । हरेक राजनीतिक परिवर्तनले उनलाई देशको कार्यकारी नेतृत्व सुम्पिएको छ । सक्रिय राजनीतिमा लागेयता उनी पाँचपटक प्रधानमन्त्री भइसकेका छन् ।

आठमहिनापछि छैटौंपटक प्रधानमन्त्री बन्ने निश्चित भएका देउवाको भाग्य जेनजी आन्दोलनका कारण तत्काललाई भने असम्भवजस्तो देखिएको छ । उनको छैटांै कार्यकारी यात्रा पूरा हुन संसद् पुनःस्र्थापना भएको खण्डमा या मध्यावधिमार्फत कांग्रेस ठूलो दल भई नेतृत्व गर्न पाएको खण्डमा मात्र पूरा हुने देखिन्छ ।

राजनीतिक परिवर्तनका लागि भएका सबैजसो आन्दोलनमा बर्खास्ती, आक्रमण, यातना झेल्ने ‘अभागी’ र परिवर्तनपछिका अधिकांश राजकीय अवसर पाएर ‘भाग्यमानी’ बन्ने नेताहरूको दुर्लभ सूचीमा देउवा मात्रै देखिन्छन् ।

आलोपालो सहमतिअनुसार प्रधानमन्त्री हुनैका लागि देउवाले निर्वतमान प्रधानमन्त्री ओलीका कतिपय कमजोरी एवं गलत कार्यशैलीको विरोध गरेनन् । कांग्रेसका नेताहरूले दबाब दिए पनि उनी मौन बस्थे ।

विभिन्न आन्दोलन हुँदै जनआन्दोलनदेखि जेनजी आन्दोलनका क्रममा कुटाइ खाने ‘अभागी’ नेता पनि उनै देउवा हुन् । २०६२÷०६३ सालको जनआन्दोलनमा देउवाले प्रहरीको कुटाइ खानुप¥यो । गिरिजाप्रसाद कोइरालासहित अन्य नेताहरूसँगै देउवाले कुटाइ खानुपरेको थियो । नेपाली कांग्रेस (प्रजातान्त्रिक)का सभापतिसमेत रहेका देउवाको त्यतिबेला टाउको फुटेको थियो । अहिले जेनजी आन्दोलनका क्रममा समेत रगताम्य हुनेगरी कुटाइ खाए । अन्य पूर्वप्रधानमन्त्रीहरू सुरक्षित रूपमा उद्धार गरिए पनि उनी घरमै श्रीमती आरजुसँग बसिरहेका बेला आन्दोलनकारीको घेरामा परे ।

देउवा प्रधानमन्त्री भएकैबेला ११ मंसिर २०५८ मा संकटकाल घोषणा गरे । ११ जेठ २०५९ सम्म ६ महिना संकटकाल रह्यो । संकटकाल थप्न खोजेपछि गिरिजाप्रसाद कोइरालाले मानेनन् । त्यसपछि देउवाले संसद् विघटन गरी प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरे । तर, निर्वाचन गर्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले असक्षम घोषणा गर्दै प्रजातन्त्रमाथि ‘कू’ गरेका थिए ।

९ असोज २००२ मा जन्मेका देउवा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । कांग्रेसको नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष भएका देउवाले पञ्चायतविरुद्धको आन्दोलनमा पटकपटक जेल जीवन पनि बिताउनुपरेको थियो । उनीनिकटका नेताहरूले उनको जिब्रोमा करेन्ट लगाएर यातना दिएको पनि सम्झिन्छन् । त्यही भएर उनको बोली प्रस्ट छैन ।

कांग्रेसको केन्द्रीय सदस्य, उपसभापति हँुदै देउवा २०६९ सालमा पार्टी सभापति भएका थिए । पार्टीभित्र संगठन विस्तार र नेतृत्वमा उनी अगाडि छन् । २०५१–२०५२ सालमा देउवा पहिलोपटक प्रधानमन्त्री भए । २०५८–२०५९ सालमा दोस्रोपटक प्रधानमन्त्री भएका देउवा तत्कालीन राजा ज्ञानेन्द्रबाट बर्खास्तीमा परेका थिए ।

शाही निरंकुशतापश्चात २०६२–२०६३ सालको तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका देउवालाई तत्कालै हटाइएको थियो । तर, चौथो कार्यकालका लागि देउवा पुनः २०७४–२०७५ सालमा प्रधानमन्त्री भए ।

त्यतिबेला उनले नयाँ संविधानअनुसारको पहिलो स्थानीय, प्रदेश र संघीय निर्वाचन गराएर असक्षमको ‘ट्याग’ हटाउन सफल भए । राजाबाट असक्षम घोषित गरी पदच्यूत भएका देउवाले निर्वाचनपश्चात आफू सफल हुने प्रमाण दिन सफल भए ।

त्यसपछि ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संवैधानिक व्याख्या र सर्वोच्च अदालतको आदेशपछि २०७८–२०७९ सालमा पुनः पाँचौं कार्यकालका लागि उनी प्रधानमन्त्री भए । त्यसबेला देउवाले कोभिड–१९ को व्यवस्थापनका साथै एमसीसी पारित गराउने प्रमुख कार्य गरेका थिए ।

नेपालका समकालीन नेताहरूमध्ये देउवा अनुभवी संसदीय नेतामध्येका एक हुन् । तर, उनीमाथि राजनीतिक अस्थिरता बढाउने, निर्णयमा ढिलाइ र नेतृत्वमा कमजोरीसमेत गर्ने टिप्पणी हुने गरेको छ । बहुदलीय प्रजातन्त्र प्रतिबन्धित हुँदा देउवा भूमिगत राजनीतिमा समेत सक्रिय नेता हुन् । पञ्चायती शासनविरुद्धको आन्दोलन गर्दा देउवालाई जेलमै कठोर यातना दिइएको बताइन्छ । भौतिक र मानसिक यातना पाएका देउवाले अछाम, काठमाडौंसहित देशका विभिन्न जेलमा जेलजीवन बिताएका छन् ।

देउवा अहिले राजनीतिको उतराद्र्धमा छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पार्टी विधानअनुसार उनी सभापति हुन पाउँदैनन् । तर, अहिलेको जेनजी आन्दोलनपश्चात देउवामाथि अहिले नै नेतृत्व परित्याग गरी राजनीतिबाट संन्यास लिनुपर्ने ठूलो दबाब छ ।

अस्पतालमा उपचाररत देउवाले पार्टी सभापतिबाट राजीनामा गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार भए नभएको विषयमा भने अहिलेसम्म मुख खोलेका छैनन् ।

बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.