जेठ १ , चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । वडा नम्बर–१ को मतगणना सकिँदा दाहालले एक हजार २०८ मत प्राप्त गरेकी छन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले एक हजार ०८७मत पाएका छन् ।स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४३० मत ल्याएका छन् । अहिले वडा नम्बर–२ को मतगणना सुरु भएको छ ।
भरतपुर महानगर वार्ड १ मा ५ दलिय गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वार केशव महर्जन वडाध्यक्षमा विजयी हुनुभएको छ । उनका निकटतम प्रतिसपर्धी एमालेका शुक्र श्रेष्ठ पराजित भएका छन ।
भरतपुरमा ३२७७ मत गणना हुँदा (अन्तिम) वडा १
रेनु दाहाल: १२०८
बिजय सुवेदी: १०८७
जगन्नाथ पौडेल: ४३०
८ तराजु
उपमेयर:
चित्रसेन अधिकारी- १३६२
हिमला गुरुङ- ८७७
धारा २२
तराजु ७
वडा अध्यक्ष
सुर्य १३१३ (शुक्र कुमार श्रेष्ठ)
रुख १३९७ (केशव महर्जन) निर्वाचित


