जेठ १ , चितवन । पाँच दलीय गठबन्धन राप्ती नगरपालिका मेयर नेकपा एसका शमशेर लामाले २१४३ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । लामाका प्रतिद्वन्द्वी एमालेका गोविन्द कँडेलले २०९७ प्राप्त गरेका छन् । आइतबार बिहान १०ः३० बजेसम्म ५०९० मतगणना हुँदा लामा कँडेलभन्दा ४६ मतान्तरले अग्रता लिएका हुन् ।
यस्तैगरी एमालेका उपमेयर मेनुका पाठकले २२२३ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धन कांग्रेसका उपमेयर उमेदवार देवेन्द्र लामाले १८८२ मत प्राप्त गरेका छन् । पाठक र लामा बीच ३४१ को मतान्तर देखिएको छ ।राप्तीमा वडा नं. ६ को मतगणना हिजो (शनिबार) नै सकिएको थियो भने अहिले वडा नं. ४ को मतगणना जारी छ ।
तपाईको प्रतिक्रिया


