जेठ १ , चितवन । माडीको नगर निर्वाचन अन्तरगत माडी ८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी निर्वाचित हुनुभएको छ ।राप्रपाका माडी नगर अध्यक्ष समेत रहनुभएका भण्डारीले नेकपा (एमाले)का उम्मेदवार तथा पूर्व वडाध्यक्ष कृष्णराज अधिकारीलाई पराजित गर्दै नतिजा आफ्नो पक्षमा पार्नुभएको हो । भण्डारीले ६५४ मत पाउँदा अधिकारीले ५८९ मत पाउनुभयो ।
सो वडामा वडाध्यक्ष बाहेक दलित महिला सदस्य र खुला सदस्य पदहरु एमालेले जितेको छ भने महिला वडा सदस्यमा राप्रपा र एमाले उम्मेदवारले ५५१ बराबरी मत ल्याएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा समेत सो वडामा भण्डारी र अधिकारी बिचमै मुख्य प्रतिस्पर्धा भएकोमा अधिकारी निर्वाचित हुनुभएको थियो । यसपटक राप्रपा र एमालेबिच नगरप्रमुख र उपप्रमुखमा तालमेल भएपनि वडा तहमा प्रतिस्पर्धा भएको थियो ।
तपाईको प्रतिक्रिया


