• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

शिक्षामन्त्रीको बास मन्त्रालयमै

  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित

काठमाडौँ, असोज ८ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका लागि लैनचौरस्थित केशरमहलमा कार्यकक्ष र आवास एकै साथ व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार मन्त्री पुन मङ्गलबार साँझदेखि नै केशरमहलमा बस्न थाल्नुभएको छ । सिंहदरबारभित्र रहेको मन्त्रालयको भवन असोज २४ गते जेनजी समूहको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएपछि तत्कालका लागि मन्त्रालयको काम केशरमहलबाट सुरु गरिएको हो ।

मन्त्री पुनले सोमबार केशरमहलको कार्यकक्षबाटै कार्यभार समाल्नुभएको थियो । कार्यभार सम्हाल्ने क्रममा उहाँले काम जहाँ हुन्छ, त्यहीँ सुत्ने आफ्नो बानी रहेको बताउँदै मन्त्री पदमा रहुन्जेलसम्म आफूलाई सुत्ने, बस्ने व्यवस्था पनि केशरमहलमै मिलाउन कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री हुनुअघि उहाँ कीर्तिपुरस्थित राष्ट्रिय अविष्कार केन्द्रमा बस्दै आउनुभएको थियो । मन्त्री नियुक्त भएपछि सोमबार पनि उहाँ केन्द्रमै बस्नुभएको थियो । मन्त्रीकै निर्देशन अनुसार मङ्गलबारदेखि भने केशरमहलमै कार्यालयसहित आवासको पनि व्यवस्था मिलाइएको हो ।

मन्त्रालयमा मन्त्री पुनका लागि कार्यकक्षनजिकै एउटा सुत्ने कोठा तथा एउटा भान्साको व्यवस्था गरिएको छ । साथै उहाँको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीका लागि पनि आवास व्यवस्था मिलाइएको मन्त्रालयका उपसचिव सुशीला अधिकारीले बताउनुभयो ।

केशरमहलमा शिक्षा मन्त्रालयले ठाउँ उपलब्ध गराएको भए पनि आवासका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन तथा सजावटका काम भने सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरेको हो । सोही कार्यालयले आवासका लागि आवश्यक पर्ने खाट, लत्ताकपडा तथा भान्साका लागि आवश्यक सामग्री मिलाएको हो ।

पुनले हालसम्म सचिवालयमा कर्मचारी नियुक्त गर्नुभएको छैन । हाललाई भान्सामा काम गर्नका लागि मन्त्रालयकै कार्यालय सहयोगी खटाइएको छ । शिक्षा मन्त्रालयकै स्वामित्वमा रहेको केशरमहलमा हाल केशर पुस्तकालय र सार्वजनिक खरिद तथा अनुगमनको कार्यालय रहेका छन् । हाल ती कार्यालयको स्थानलाई खुम्च्याएर मन्त्रालयका लागि पनि स्थान जुटाइएको हो । जसकारण हाललाई काम चल्ने गरी मात्रै मन्त्रालयका सचिव, सहसचिव तथा अन्य कर्मचारीका लागि स्थानको प्रबन्ध मिलाइएको छ ।

शिक्षा मन्त्रालय सिंहदरबारमा सर्नुअघि पनि केशरमहलमै थियो । जेनजी समूहको आगजानी तथा तोडफोडबाट बिग्रेका सिंहदरबारको भवन प्रयोग गर्न मिल्ने भएपछि फेरि त्यहीँ सर्ने मन्त्रालयका सचिव चूडामणि पौडेलले बताउनुभयो ।

मन्त्रीद्वारा तीन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सबै सामुदायिक माध्यमिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयको कार्यभार सम्हालेको भोलिपल्ट मङ्गलबार मन्त्रीले यस्तो निर्देशन दिनुभएको हो । सामुदायिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहून् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप गर्न निर्देशन दिइएको मन्त्री पुनले बताउनुभएको छ ।

यससँगै मन्त्री पुनले मङ्गलबारै सबै विश्वविद्यालयलाई परीक्षा सकिएको बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिँदै समयमै परीक्षाफल प्रकाशन नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिदिनेसमेत बताउनुभएको छ । हाल केही विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल निकाल्न आठ महिनादेखि एक वर्षसम्म लगाउने गरेका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुख नकाटी) सफा सुन्दर बगैँचासहित फुटपाथ बनाउन निर्देशन दिनुभएको छ ।

बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.