• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

शिक्षामन्त्रीको बास मन्त्रालयमै

  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित

काठमाडौँ, असोज ८ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका लागि लैनचौरस्थित केशरमहलमा कार्यकक्ष र आवास एकै साथ व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार मन्त्री पुन मङ्गलबार साँझदेखि नै केशरमहलमा बस्न थाल्नुभएको छ । सिंहदरबारभित्र रहेको मन्त्रालयको भवन असोज २४ गते जेनजी समूहको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएपछि तत्कालका लागि मन्त्रालयको काम केशरमहलबाट सुरु गरिएको हो ।

मन्त्री पुनले सोमबार केशरमहलको कार्यकक्षबाटै कार्यभार समाल्नुभएको थियो । कार्यभार सम्हाल्ने क्रममा उहाँले काम जहाँ हुन्छ, त्यहीँ सुत्ने आफ्नो बानी रहेको बताउँदै मन्त्री पदमा रहुन्जेलसम्म आफूलाई सुत्ने, बस्ने व्यवस्था पनि केशरमहलमै मिलाउन कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री हुनुअघि उहाँ कीर्तिपुरस्थित राष्ट्रिय अविष्कार केन्द्रमा बस्दै आउनुभएको थियो । मन्त्री नियुक्त भएपछि सोमबार पनि उहाँ केन्द्रमै बस्नुभएको थियो । मन्त्रीकै निर्देशन अनुसार मङ्गलबारदेखि भने केशरमहलमै कार्यालयसहित आवासको पनि व्यवस्था मिलाइएको हो ।

मन्त्रालयमा मन्त्री पुनका लागि कार्यकक्षनजिकै एउटा सुत्ने कोठा तथा एउटा भान्साको व्यवस्था गरिएको छ । साथै उहाँको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीका लागि पनि आवास व्यवस्था मिलाइएको मन्त्रालयका उपसचिव सुशीला अधिकारीले बताउनुभयो ।

केशरमहलमा शिक्षा मन्त्रालयले ठाउँ उपलब्ध गराएको भए पनि आवासका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन तथा सजावटका काम भने सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरेको हो । सोही कार्यालयले आवासका लागि आवश्यक पर्ने खाट, लत्ताकपडा तथा भान्साका लागि आवश्यक सामग्री मिलाएको हो ।

पुनले हालसम्म सचिवालयमा कर्मचारी नियुक्त गर्नुभएको छैन । हाललाई भान्सामा काम गर्नका लागि मन्त्रालयकै कार्यालय सहयोगी खटाइएको छ । शिक्षा मन्त्रालयकै स्वामित्वमा रहेको केशरमहलमा हाल केशर पुस्तकालय र सार्वजनिक खरिद तथा अनुगमनको कार्यालय रहेका छन् । हाल ती कार्यालयको स्थानलाई खुम्च्याएर मन्त्रालयका लागि पनि स्थान जुटाइएको हो । जसकारण हाललाई काम चल्ने गरी मात्रै मन्त्रालयका सचिव, सहसचिव तथा अन्य कर्मचारीका लागि स्थानको प्रबन्ध मिलाइएको छ ।

शिक्षा मन्त्रालय सिंहदरबारमा सर्नुअघि पनि केशरमहलमै थियो । जेनजी समूहको आगजानी तथा तोडफोडबाट बिग्रेका सिंहदरबारको भवन प्रयोग गर्न मिल्ने भएपछि फेरि त्यहीँ सर्ने मन्त्रालयका सचिव चूडामणि पौडेलले बताउनुभयो ।

मन्त्रीद्वारा तीन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सबै सामुदायिक माध्यमिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयको कार्यभार सम्हालेको भोलिपल्ट मङ्गलबार मन्त्रीले यस्तो निर्देशन दिनुभएको हो । सामुदायिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहून् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप गर्न निर्देशन दिइएको मन्त्री पुनले बताउनुभएको छ ।

यससँगै मन्त्री पुनले मङ्गलबारै सबै विश्वविद्यालयलाई परीक्षा सकिएको बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिँदै समयमै परीक्षाफल प्रकाशन नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिदिनेसमेत बताउनुभएको छ । हाल केही विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल निकाल्न आठ महिनादेखि एक वर्षसम्म लगाउने गरेका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुख नकाटी) सफा सुन्दर बगैँचासहित फुटपाथ बनाउन निर्देशन दिनुभएको छ ।

बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.