जेठ १ , चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । वडा नम्बर–२ को १६०० मतगणना सकिँदा दाहालले एक हजार ७२७ मत प्राप्त गरेकी छन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले एक हजार ६४७ मत पाएका छन् ।स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन् । वडा १ को मतगणना सकिए पछि अहिले वडा नम्बर–२ को मतगणना सुरु भएको छ ।वार्ड १ मा ५ दलिय गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वार केशव महर्जन वडाध्यक्षमा विजयी हुनुभएको छ ।
भरतपुर २ मा १६०० मत गणना हुँदा (४८७७) जम्मा मत)
रेनु दाहाल: १७२७
बिजय सुवेदी: १६४७
जगन्नाथ पौडेल: ५७९
८ तराजु
उपमेयर:
चित्रसेन अधिकारी-१८९५
हिमला गुरुङ-१३३३
अध्यक्ष
सुर्य ६७६
रुख ६४४
तपाईको प्रतिक्रिया


