• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

फिल्म ‘हर्ष’ को ‘सिठ्ठी मार’ गीत रिलिज

  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित

काठमाडौं , असोज १०
मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा सिनेमा ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित सिनेमाले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो ।

सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो जहाँ प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्द रचना रहेको गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् ।

आलोक शुक्लाले खिचेको गीतमा सिनेमाका प्राय कलाकार फिचर भएका छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, शुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधर फिचर छन् ।

सार्वजनिक गीत नेपाली दर्शक श्रोताका लागि विभिन्न रमाइलो जमघटका लागि नृत्यप्रधान हुने पक्का छ । नेपाली सिनेमामा लामो समयपछि यस्तो धमाकेदार गीत आएको हो जसमा आमा, बुबा, काका, काकी, दाजु, दिदी, भाई, दिदी–बहिनी सबैसँगै नाच्न सकिन्छ । गीतको भिडियोमा सवै कलाकारलाई सटिक तरिकाले प्रयोग गरिएको छ । जसले मज्जाको फ्युजन नृत्यको माहोल बनाएको छ । यो गीत सकारात्मक उर्जा भर्ने किसिमले बनेको छ ।

निर्माण पक्षले यो गीत नेपालीहरुको हरेक खुशीका जमघटको प्रिय गीत बन्ने विश्वास लिएको छ । ‘हर्ष’ सिनेमालाई प्रशन्न पौडेल तथा विकाश पौडेलले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखाल हुन् ।

सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ,विसा पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी रहेकी निर्देशक पौडेलले यो सिनेमाबाट स्व रेग्मीको विरासतलाई सशक्त निरन्तरता दिने अपेक्षा राखिएको छ ।

निर्देशक पौडेल न्यूयोर्क सिनेमा एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन् । सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन् ।

‘हर्ष’मा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ । सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप शर्मा मुख्य सहायक निर्देशक रहेका छन् ।गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।

शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.