दुर्गा दाहाल – जेठ १ , चितवन । चितवनको राप्ती-४ को वडा अध्यक्षमा एमालेका केदार आचार्य विजयी भएको छ । राप्ती ४ को वडा अध्यक्षमा केदार आचार्यले १३ सय ५० मत ल्याएर विजयी भएका छन ।
उनका निकटतम प्रतिद्धवन्दी गठबन्धनबाट नेपालि कांग्रेसका गोपीकृष्ण बर्तौलाले १२ सय १२ मत ल्याएका छन् । एमालेबाट वडा सदस्यमा शान्ति माया खुलालले १३ सय १८, दलित महिला सदस्य रमिता परियारले १२ सय २९, खुल्ला सदस्यमा झनक बहादुर श्रेष्ठले ११ सय ७४ र नेपाली कांग्रेबाट रमेश श्रेष्ठले १ हजार ६ मत ल्याएर विजयी भएका छन् ।
दई वडा ( ६ र ४) मतगणना पूरा हुदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले २४ सय १७, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले २७ सय ९२ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया


