जेठ १ , चितवन ।माडी नगरपालिकामा रोकिएको मतगणना सुचारु भएको छ ।माडी २ को मतपरिणाममा राप्रपाले विरोध गरेसंगै रोकिएको मतगणना सर्बदलीय बैठकपछि सुचारु भएको हो । बैठकले माडी २ को मतपरिणाम सदर गरी सार्वजनिक गर्ने र बाँकी वडाहरुको मतगणना सुचारु गर्ने निणर्य गरेको हो ।
सामाजिक सञ्जालमा फैलिएका मेसेजहरुका कारण भ्रम सिर्जना भई राप्रपा र एमाले पक्षबाट मतपरिणामको बिरोध हुनगएको तर मतदानका क्रममा उठाएको मुचुल्का लगायत रिपोर्टहरु सबै दुरुस्त र सही नै रहेको पाइएको सर्बदलीय सहमती भएको हो ।
सर्बदलीय बैठक हुँदैगर्दा काँग्रेस र नेकपा माओवादी केन्द्रले विजय जुलुस निकालेका थिए । सो वडामा वडाध्यक्षमा माओवादी केन्द्रका नेता दण्डपाणी पौडेल निर्वाचित हुनुभएको हो भने वडा सदस्यहरु सबै पदमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु नै बिजयी भएका छन् ।

तपाईको प्रतिक्रिया


