चितवन- गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।भरतपुरस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु¥याइएको छ ।
घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल भरतपुर र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ८ जनाको अवस्था मध्येम र २५ जनाको अवस्था सामान्य रहेको पुरीले बताउनुभयो ।
दुई बस चालकमध्ये एक जना घाइते र एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ट्रकका चालक भने फरार रहेको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
चितवन मेडिकल कलेजममा उपचारत घाइतेहरू:- १.जिल्ला उदयपुर त्रियुगा न.पा. १० बस्ने वर्ष २० को सार्थकवाबु श्रेष्ठ, मध्यम (डल्फिन) ।
२.जिल्ला धनुषा जनकपुर उ.मा.न.पा.१७ बस्ने वर्ष ३९ को सदाकत मिया, मध्यम(रुद्राक्ष ) ।
३. जिल्ला धनुषा जनकपुर उ.मा.न.पा. १७ बस्ने वर्ष ५२ को नरेन्द्र शाह, सामान्य (रुद्राक्ष ) ।
४.जिल्ला रौतहट गौर न.पा.५ बस्ने वर्ष ४१ को मुकेश कुमार केसरी, मध्यम (डल्फिन) ।
५.जिल्ला धनुषा जनकपुर उ.म.न.पा. ७ बस्ने वर्ष १७ को समिर अन्सारी, सामान्य (रुद्राक्ष ) ।
६.जिल्ला महोतरी पिपरा गा.पा. १ बस्ने वर्ष ५० की गीतादेवी यादव, सामान्य (रुद्राक्ष ) ।
७.जिल्ला रौतहट राजदेवी न.पा.१ बस्ने कृष्ण कुमार साह, मध्यम (डल्फिन) ।
८.जिल्ला धनुषा जनकपुर १ बस्ने वर्ष ४६ को वसन्त झा, सामान्य ( रुद्राक्ष)
९. जिल्ला धनुषा जनकपर उ.म.न.पा. ४ वस्ने वर्ष ४९ को मुकेश लाल कर्ण, सामान्य ।
१०.जिल्ला धनुषा जनकपर उ.म.न.पा. ४ वस्ने वर्ष ३४ की अन्जु कर्ण, सामान्य ।
११. जिल्ला धनुषा जनकपर उ.म.न.पा. ४ बस्ने आरुष कर्ण, सामान्य ( रुद्राक्ष))
१२. जिल्ला महोतरी पिपरा गा पा १ बस्ने वर्ष ३७ को राम श्रेष्ठ सामान्य ।
१३. जिल्ला रौतहट राजदेवी न पा १ बस्ने वर्ष २० को अनिकेत कुमार साह (डल्फिन ) ।
१४. जिल्ला रौतहट बिन्दा वन न.पा. ३ बस्ने वर्ष ११ को आरभ मिश्र, मध्यम (डल्फिन) ।
१५. जिल्ला धनुषा लक्ष्मिमिया गा.पा. ४ बस्ने वर्ष १९ को विधा चौधरी, मध्यम (रुद्राक्ष) ।
नेशनल सिटि अस्पताल भरतपुरमा उपचारत घाइतेहरू:-
१.बा.प्र.०३-००१ख ३९०२ (रुद्राक्ष) नम्बरको बसमा सवार जिल्ला धनुषा जलेश्वर गा.पा.५ बस्ने वर्ष २० को आदित्य कुमार सिंह, सामान्य ।
२. जिल्ला धनुषा जलेश्वर गा.पा.५ बस्ने वर्ष ४३ की रेखा सिंह, सामान्य ।
३. जिल्ला धनुषा जलेश्वर गा.पा.५ बस्ने वर्ष २१ की अञ्जली सिंह, सामान्य ।
४. प्रदेश३-०३-००१ख ०१२३ नम्बरको बसमा सवार देश भारत मोतिहारी बस्ने वर्ष ३२ को सुनिल प्रसाद, सामान्य ।
५.देश भारत मोतिहारी बस्ने वर्ष २५ की सुभद्रा कुमारी चौधरी सामान्य ।
६.देश भारत मोतिहारी बस्ने वर्ष ७ की पृया जैशवाल, सामान्य ।
७. देश भारत मोतिहारी बस्ने वर्ष ४ की कृती जैशवाल, सामान्य ।
८.जि.धनुषा जनकपुर न.पा.८ बस्ने वर्ष २८ को आलोक कुमार राउत, सामान्य ।
९.जि.रौतहट राजदेवी न.पा.२ बस्ने वर्ष २१ को मोनु कुमार महत्तो,सामान्य ।
१०.जि.रौतहट गौर न.पा.९ बस्ने वर्ष ६६ की गम्भिरादेवी ठाकुर, सामान्य ।
११.जि.रौतहट गरुडा न.पा.७ बस्ने वर्ष ५० को बिजय साह,सामान्य ।
१२. जि.रौतहट गरुडा न.पा.७ बस्ने वर्ष ४० की उर्मिला कुमारी साह, सामान्य ।
१३.जि.रौतहट बृन्दावन न.पा.३ बस्ने वर्ष ६२ की सुनितादेवी मिश्रा,मध्यम ।
भरतपुर सरकारी अस्पतालमा उपचारत घाइतेहरू:-
१.जि.रौतहट दुर्गावती गा.पा.२ बस्ने वर्ष ३० को राजकिशोर दास, सामान्य ।
२. जि.रौतहट दुर्गावती गा.पा.२ बस्ने वर्ष २५ को राजु दास, सामान्य ।
३.देश भार मोतिहारी बस्ने वर्ष २२ को महमद साहेब,सामान्य ।
४.जि.रौतहट माधवनारायण न.पा.५ बस्ने वर्ष १९ को रोशी कुमार साह, सामान्य ।
५.जि.धनुषा लक्ष्मीनिया गा.पा.४ बस्ने वर्ष १९ की दिब्या चौधरी, मध्यम ।
जम्मा घाईते:-३३ जना मध्यम:-८ सामान्य:-२५
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केही बेरअघिदेखि सञ्चालनमा आएको छ ।


