जेठ ३ , चितवन ।भरतपुर महानगरपालिकामा अहिलेसम्म १७०३४ मतगणना सकिएको छ । पछिल्लो मतगणना अनुसार गठबन्धनकि उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । उनले ५७१८ मत ल्याउँदा एमालेका विजय सुवेदीको ५६८८ मत रहेको छ । दुईजनाबीच ३० मतको अन्तर छ ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २७८८मत ल्याएका छन् ।उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६९८२ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङ ४६२८ मत ल्याएर पछ्याइरहेकी छन् ।
भरतपुर महानगरपालिकामा17034 गणना हुँदा
मेयर
रेनु दाहाल 5718
बिजय सुवेदी 5688
जगन्नाथ पौडेल 2788
उपमेयर
चित्रसेन अधिकारी 6982
हिमला गुरुङ 4628
वडा अध्यक्ष ४ न गणनामा
कांग्रेस 2499 बिजयी
एमाले 1633
राप्रपा 870
तपाईको प्रतिक्रिया


