जेठ ३ , रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका किरण महतो सहित प्यानलै विजयी भएको छ । महतो चार उमेदवारले प्राप्त गरेको मतभन्दा पनि फराकिलो मतान्तरका साथ विजयी बनेका हुन् ।
वडाध्यक्षमा महतोले १०१६ मत प्राप्त गर्दा एमालेका लोकराज भुसालले ४११, नेकपा (माओवादी केन्द्र)का टीकाराम खनालले २१६, नेकपा (एकीकृत समाजवादी)का गोकर्ण गिरीले २०२ र राप्रपाका प्रेमनाथ पाठकले २८ मत पाएका छन् ।
त्यसैगरी, वडा सदस्य खुल्लामा गोपीकृष्ण विडारी ८५२, वीरेन्द्र महतो ८४३, महिला सदस्य कविता चौधरी १०२० र दलित महिला सदस्य केशरीमाया सुनार १०२२ मतका साथ विजयी भएको निर्वाचन अधिकृत विनोदकुमार गौतमले जानकारी दिए । २०७४ सालको निर्वाचनमा पनि सो वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको थियो ।
तपाईको प्रतिक्रिया


