जेठ ३ , चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २० हजार ६९६ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार १२ मत पाएकी छन् ।
नेकपा एमालेका विजय सुवेदीले ६ हजार ७३६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ४२० मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार ५१५ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ५५२ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया


