जेठ ३ , चितवन । राप्ती नगरपालिकाको वडा नं ९ मा अहिले वडाध्यक्षमा काग्रेसका पुर्णसिं तामाङ्ग १ मतले अगाडी रहेका छन । तामाङ्गले १२०१ मत गणना गर्दा ५२६ मत ल्याएका हुन ।उनका निकटतम प्रतिद्धन्दी खड्का बहादुर तामाङ्गले ५२५ मत ल्याएका छन ।
यता अहिले सम्म राप्ती नगरपालिकामा मेयर र उपमेयरको लागी १३९८१ मत गणना गर्दा एमालेका मेयर गोविन्द कडेल ५३४७ मत ल्याउन सफल भएका छन । उपमेयरमा मेनुका पाठकले ५७४६ मत ल्याउनु भएको छ । गठबन्धनका मेयर शमशेर लामाले ५९९५ मत ल्याएका छन भोे उपमेयर देवेन्द्र लामाले ५८४७ मत ल्याएका छन । मेयरमा लामा ६४८ ले अगाडी रहेका छन भने उपमेयर देवेन्द्र लामा १०१ मतले अगाडी रहेका छन ।
राप्ती नगरपालिकामा अहिले सम्म ५ वटा वडाको मत गणना सम्पन्न भएको छ । जसमा एमाले वाट ४ वटा वडा र काग्रेस वाट १ वडा विजयी भएको छ । अहिले राप्ती ९ को मतगणना जारी रहदा गठबन्धन अगाडी रहेको छ ।


