जेठ ४ , चितवन । भरतपुर महानगरको अहिले सम्म ६ वटा वार्डको मतगणना सकिएको छ ।२७ हजार ४३८मतगणना हुदा मेयरमा सत्ता गठबन्धनकी उमेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । उनले निकटत प्रतिद्धन्द्धीलाई १७ सय १२ मतले पछि पारेकी छन् ।
२७ हजार ४३८ मतगणना हुँदा रेनुले ९ हजार ९७० मत पाएकी छन् । एमालेका विजय सुवेदीले ८ हजार २५८ मत पाउँदा जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गरेकी छन् ।
अहिले सम्म मतगणना सकिएको वार्डमा ५ वटामा सत्ता गठबन्धनको तर्फा बाट नेपाली कांग्रेस उमेद्वार विजयी भएका छन् भने एउटा वार्डमा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् ।
रेनु दाहाल १७१२ मतले अगाडी
भरतपुरमा (२७४३८ मा) जम्मा मतगणना
भरतपुर ६ को सकिदा
रेनु दाहाल: ९९७०
विजय सुवेदी:८२५८
जगन्नाथ पौडेल: ४३१५
उपमेयर:
चित्रसेन अधिकारी- ११९५६
हिमला गुरुङ-६७४२
वडाध्यक्ष
रुख २७३५
सूर्य २११७


