जेठ ४ , चितवन । चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी विजयी हुनु भएको छ । गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका शिवराम केसीलाई पछि पार्दै रेग्मी विजयी हुनु भएको हो।
उपमेयरमा पनि एमालेका बिमला लामा बिजयी भएकि छन । उनले गठबन्धन अन्तर्गत माओबादी केन्द्रकी सबिता लामालाई पराजित गरेकी हुन । मेयरमा रेग्मीको १०७१४ र केसीको १०५७१ तथा उपमेयरमा बिमलाको १०४४० र सबिताको ९६७८ मत रहेको थियो ।
तपाईको प्रतिक्रिया


