• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘बिगुल’ को टिजर सार्वजनिक, जेन्जी आन्दोलन र समसामयिक राजनीतिले बढायो कौतुहलता

  •   आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित

काठमाडौं, २८ मंसिर । माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’ को टिजर आइतबार सार्वजनिक गरिएको छ । करिब सवा एक मिनेट लामो टिजरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ ।

यसअघि सार्वजनिक फर्स्टलुक पोस्टरबाटै चर्चा बटुलिरहेको ‘बिगुल’ को टिजरमा देशको वर्तमान राजनीतिक अवस्था, देशप्रेम, सम्बन्ध र जिम्मेवारीसँगै पछिल्लो समय चर्चामा रहेको जेन्जी आन्दोलन को झल्को देखाइएको छ । टिजरले राजनीतिलाई केन्द्रमा राख्दै समाज र परिवारसँग जोडिएका विषयलाई समेट्ने संकेत गरेको छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्र ‘बिगुल’ को कथा तथा निर्माण दिनेश कोइरालाले गरेका हुन् । पछिल्लो समय एउटै प्रकृतिका विषयवस्तुमा आधारित चलचित्रहरू आइरहेका बेला ‘बिगुल’ ले भने राजनीति, समाज, परिवार, सम्बन्ध र मनोरञ्जनको सन्तुलित संयोजनमार्फत फरक प्रस्तुति दिने प्रयास गरेको निर्देशक कोइरालाले बताएका छन् ।

“फिल्मलाई केवल मनोरञ्जनका रूपमा मात्र नभई विचारका रूपमा पनि हेर्नुपर्छ भन्ने सोचका साथ ‘बिगुल’ निर्माण गरेका हौं,” यसअघि ‘मन मनमा’, ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसकेका वरिष्ठ निर्देशक कोइराला भन्छन्, “हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन चलचित्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ।”

कथाकार तथा निर्माता दिनेश कोइरालाले ‘बिगुल’ मा उठाइएका मुख्य मुद्दाहरू र अहिलेको जेन्जी पुस्ताले राखिरहेको माग, देश विकास र परिवर्तनप्रतिको चाहना आपसमा मेल खाने बताए । चलचित्रलाई जेन्जी आन्दोलनप्रति समर्पित गरिएको पनि निर्माण पक्षको भनाइ छ ।

‘बिगुल’ मा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्र कल्पना पौडेलको प्रस्तुति हो । पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका छन् । शिब ढकालको छायांकन रहेको फिल्ममा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनभी महर्जनको द्वन्द्व निर्देशन तथा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ । चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् ।

सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको ‘बिगुल’ को वितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन् ।

आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.