चितवन , पौष ११ — चितवनको रत्ननगर नगरपालिका–९ टिकौली स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार गए राति करिब २ः४५ बजे भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको बा.प्र.०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक माडी नगरपालिका–१ गर्दी निवासी २० वर्षीय तृशल महतो र पछाडि सवार सोही ठाउँका १९ वर्षीय अंकित महतो घाइते भएका थिए।
दुर्घटनापछि दुवैलाई उपचारका लागि सेन्ट्रल अस्पताल, भरतपुर लगिएको थियो। उपचारकै क्रममा मोटरसाइकल चालक तृशल महतोको राति करिब ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया


