• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चलचित्र ‘कुमारी’को ‘डोको बुन्ने’ गीत सार्वजनिक

  •   बुधबार, पुष १६, २०८२ मा प्रकाशित

काठमाडौं , पौष १६
आगामी माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित विशेष पत्रकार भेटघाट कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।

यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले लोक शैलीमा आधारित नयाँ गीत दर्शकमाझ ल्याएको हो। सार्वजनिक गीत ‘डोको बुन्ने’मा गायक केहर सिंह लिम्बुको स्वर रहेको छ भने सागर लामिछाने मगर र सुमन तामाङका शब्द समेटिएका छन्। गीतमा संगीत सुमन तामाङ र केहर सिंह लिम्बुकै रहेको छ। अडियो प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ रिकेश गुरुङले गरेका हुन्।

शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ। गीतले नवयुवाहरूबीच मौलाउँदै गएको प्रेम भावनालाई सरल र सुन्दर ढंगले व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले आफ्ना सफल प्रेमकथानक चलचित्रहरू ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ सम्झँदै ‘प्रसाद’, ‘पुजार सार्की’ र ‘प्रकाश’ जस्ता सामाजिक विषयका चलचित्रपछि आफू पुनः प्रेमकथामा फर्किएको बताए। उनले ‘डोको बुन्ने’ गीतले चलचित्रको मौलिकता र नेपालीपनलाई मजबुत रूपमा प्रतिनिधित्व गर्ने धारणा व्यक्त गरे।

यसैगरी, लेखक विकास सुवेदीले गीतले चलचित्रको भावनालाई गहिराइमा प्रस्तुत गर्ने र दर्शकलाई प्रेमकथासँग भावनात्मक रूपमा जोड्ने विश्वास व्यक्त गरे।

मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले यस चलचित्रमार्फत डेब्यु गर्न पाउँदा खुसी लागेको बताए। आकृतिले बलियो टिम र प्रभावशाली स्क्रिप्टका कारण आफूले डेब्युका लागि ‘कुमारी’ रोजेको बताइन् भने अबिषेकले सानैदेखि चलचित्रप्रति रुचि भएकाले यस कथामा आफूलाई समर्पित गरेर अभिनय गरेको बताए।

कार्यकारी निर्माता केदार भुसालले भ्यालेन्टाइन डेको छेको पारेर रिलिज हुन लागेको यो चलचित्रले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे।

चलचित्रमा अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा देखिनेछन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायत कलाकारको पनि अभिनय रहेको छ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन्। छायांकन निर्देशन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्।

चलचित्रको डिजिटल वितरण मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौँ उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्नेछन्। पोस्टर तथा प्रचार सामग्रीको डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ।

बुधबार, पुष १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.