जेठ ५ , चितवन ।भरतपुर महानगरपालिका वडा नं.१० को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसकाका परमेश्वर खनाल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका भक्तिप्रसाद गौतमलाई पराजित गरेका हुन्।कांग्रेसका उमेदवार खनालल एमालेका उमेदवार भक्तिप्रसाद गौतमलाई ३२७ मतान्तरले पराजित गरेका हुन् ।
खनालले २०२८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गौतमले २१०१ मत ल्याएका थिए ।भरतपुर १० मा खुल्ला सदस्यमा कांग्रेसका रेशम राजा थापा २३२५, एमालेका निरबहादुर लामा १८५६, महिला सदस्य एमालेका सूर्यवदना हमाल १९८४ र दलित महिला सदस्यमा कांग्रेसका उमेदवार पार्वती नेपाली २०७० मतसहित विजयी भएका छन् ।भरतपुर १० मा ९१७८ मतदाता रहे पनि ५७०८ मत खसेको थियो ।
यो वार्डसगै भरतपुरको अहिले सम्म १० वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ , ६, ८ र १० गरेर ७ वटा वार्ड जितेको छ ।त्यसै नेकपा (एकीकृत समाजवादी) २ वटा वार्ड र एमालेले १ वार्ड जितेको छ ।


