जेठ ७ , चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाउदै लगेकी छन् ।भरतपुर वार्ड नम्वर १५ र १६ को मतगणना चलि रहदा रेनुको ५हजार १८ को फराकिलो अग्रता लिएकी छिन् ।
अहिले सम्म ६९ हजार ६१२ मत गणना सकिएको छ ।गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले २७ हजार ७८ मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले २२ हजार ६०मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४१४मत प्राप्त गरेका छन् ।
भरतपुरको अहिले सम्म १४ वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ , ६, ८ ,१० र १४ गरेर ८ वटा वार्ड जितेको छ ।त्यसै नेकपा एमालेले ३,११ र १२ गरेर ३ वटा वार्ड जितेको छ भने नेकपा (एकीकृत समाजवादी) २ वटा वार्ड जितेको छ । नेकपा माओवादी केन्द्रले पनि वार्ड १४ जित्दै खाता खोल्न सफल भएको छ ।
रेनु दाहालको अग्रता ५०१८
भरतपुर महानगरपालिकाको ६९६१२ गणना गर्दा
मेयर
रेनु दहाल (गठबन्धन): २७०७८
विजय सुवेदी (एमाले): २२०६०
जगन्नाथ पौडेल (स्वतन्त्र): ९४१४
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन): २९१३२
हिमला गुरुङ(राप्रपा): १७१६६
वडाध्यक्ष १५ मा ९३३ गणना हुँदा
रुख ४५१
भुइकटहर १६०
हलो १२८
वडाध्यक्ष १६ मा ११११ गणना हुँदा
रुख ६७३
सूर्य २०४


