जेठ ७ , चितवन । यति बेला भरतपुर महानगरपालिकाको मतगणना चलिरहेको छ ।७४,१८७ मतगणना सकिदा भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार मत कटाएका छन्। मतगणनाको एक साता भन्दा बढी समय हुँदा पौडेलले १० हजार ८५ मत प्राप्त गरेका छन्।
यस्तै, मेयरमा लगातार अग्रता लिएकी गठबन्धनबाट उम्मेदवार उठेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले हालसम्म २८ हजार ७६६ मत प्राप्त गरेकी छिन्। यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार १८९ मत प्राप्त गरेका छन्। दाहालले सुवेदीसँग ५ हजार ५७७ मतको अग्रता लिएकी छन्।
भरतपुरको पछिल्लो अपडेट :
भरतपुर महानगरपालिकाको ७४,१८७ गणना गर्दा
मेयर
रेनु दहाल (गठबन्धन): २८,७६६
विजय सुवेदी (एमाले): २३,१८९
जगन्नाथ पौडेल (स्वतन्त्र): १०,०८५
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन): ३१,०७८
हिमला गुरुङ(राप्रपा): १८,००३
वडाध्यक्ष १५ मा २,९५७ गणना हुँदा
रुख: १,३३१
भुइकटहर :५०४
हलो :३६८
वडाध्यक्ष १६ मा ३,५१७ गणना हुँदा
रुख २,१२८
सूर्य ६८०


