• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

तलब तीन करोड, खर्च १० करोड ! इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

  •   मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित

भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (आठौँ तह) भरतकुमार आचार्यले आफ्नो पदको दुरुपयोग गरी करोडौँ मूल्य बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियारले आचार्य सेवामा प्रवेश गरेको मिति २०४८ माघ ६ देखि २०८० असार ६ गतेसम्मको आम्दानी र खर्चको विवरणमाथि सूक्ष्म अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा देखिएका मुख्य बुँदाहरू यस प्रकार छन्:

वैधानिक आय: तलब, भत्ता, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक, बैंक कर्जा र लगानीको प्रतिफलसहित उनको कुल वैधानिक आम्दानी ३ करोड ५१ लाख ८ हजार २ सय १० रुपियाँ देखिएको छ।
कुल खर्च तथा लगानी: सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, बिमा शुल्क, छोराछोरीको पढाइ र विभिन्न कम्पनीमा गरेको लगानी गरी कुल १० करोड २९ लाख ९९ हजार २ सय २६ रुपियाँ खर्च गरेको पाइएको छ।
स्रोत नखुलेको सम्पत्ति: उनको कुल आम्दानीको तुलनामा खर्च र लगानी ६ करोड ७८ लाख ९१ हजार १५ रुपियाँ बढी देखिएको छ, जसको कुनै वैधानिक स्रोत खुल्न सकेन।
आरोप र मागदाबी:

आचार्यले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी अमिल्दो र अस्वाभाविक जीवनस्तर बिताएको तथा श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति लुकाएको अख्तियारको ठहर छ।

१. भरतकुमार आचार्य: उनलाई झण्डै ६ करोड ७९ लाख रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गर्न माग गरिएको छ। साथै, उनले सम्पत्ति विवरणमा झुट्टा विवरण पेस गरेकोले थप सजायको समेत मागदाबी गरिएको छ।

२. लिली सुवेदी (श्रीमती): आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमतीको नाममा जग्गा र सम्पत्ति खरिद गरेको पाइएकाले, ती सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि मात्र उनलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले स्रोत नखुलेको उक्त सबै सम्पत्ति जफत गर्न र दोषीलाई कडा कारबाही गर्न अदालतसमक्ष माग गरेको छ।

मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.