जेठ ८ ,चितवन । भरतपुर महानगरपालिका वडा नं. २० को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसका उमेद्वार मुक्ति प्रसाद घले (विश्वास ) विजयी भएका छन् ।घले ले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार देब बहादुर तामाङलाई फराकिलो मतान्तरले हराएका हुन् ।यस वार्डमा ५२४९ मतदाता रहे पनि ३७५१ मत खसेको थियो ।
भरतपुरको अहिले सम्म २० वार्डको मतगणना सकिएको छ । अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ , ६, ८ ,१० , १४,१५,१६ ,१७ र २० गरेर १२ वटा वार्ड जितेको छ ।त्यसै नेकपा एमालेले ३,११, १। १८ र १९ गरेर ५ वटा वार्ड जितेको छ भने नेकपा (एकीकृत समाजवादी)७ र ९ गरेर २ वटा वार्ड जितेको छ । नेकपा माओवादी केन्द्रले पनि वार्ड १४ जित्दै खाता खोल्न सफल भएको छ ।
तपाईको प्रतिक्रिया


