चितवन — भरतपुर महानगरपालिका–१६ स्थित छाहारी चोक नजिकै मिनी ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटना हिजो माघ २३ गते साँझ करिब ६:३० बजे भएको हो।
ना ६ ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ३१ प २११४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ निवासी २८ वर्षीय कुलबहादुर मगर गम्भीर घाइते भएका थिए। घाइते मगरको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा माघ २४ गते बिहान १:५१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुबै सवारी साधन र मिनी ट्रक चालक भरतपुर महानगरपालिका–१ रामनगर निवासी ५२ वर्षीय अम्मर थापालाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया


