• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

वसन्तसँगै ढकमक्क फुल्यो सिमल

  •   आइतबार, फागुन १०, २०८२ मा प्रकाशित

दुल्लु, फागुन १० गते । 
“लागे चैतका महिना उराठिला बन्,
सिमलको भुवा जस्तो उडिजाने मन”

लोकसाहित्य र लोकभाकामा सिमलको चर्चा बारम्बार हुने गरेको पाइन्छ। त्यस्तै जनगायक जीवन शर्मा को शब्द, संगीत र स्वरमा रहेको बहुचर्चित गीत, “सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको, उमेर भइसक्यो असि, झन् ठुलो दुःखले घेरेको” ले पनि सिमलको सांस्कृतिक महत्त्वलाई उजागर गरेको छ।

शिशिर याममा उराठिलो देखिने वनजङ्गलका बिच सिमलले मनको उदासी चिर्दै आशा जगाउने प्रतीकका रूपमा स्थान पाएको छ। साहुको भारी बोकेर थकित भरियालाई सिमली छायाँले शीतलता दिने सन्दर्भदेखि सामाजिक बन्धन तोडेर सिमलको भुवाजस्तै उड्ने चाहनासम्म, सिमल चौताराको महत्व लोकगीत र साहित्यमा झल्किएको छ। सिमल खेत, सिमल गरा, सिमलटार, ठुटे सिमल, सिमलकुना लगायतका स्थाननामहरू पनि सिमलसँगै जोडिएका छन्।

बसन्त ऋतु नजिकिँदै जाँदा पहाडका थुम्कादेखि बेंसीका खोला–खोल्सासम्म राताम्य भएर ढकमक्क फुलेका अजंगका सिमलका रुख देखिन थालेका छन्। ठुला रुखमा फुल्ने राताम्य फूलले परिवेशलाई मनमोहक बनाइरहेका छन्। तराईका समथर भूभाग मात्र होइन, पहाडका गराहरू पनि सिन्दुरे बनेका छन्। त्यसैले सिमललाई ‘तराईको गुराँस’ भनेर पनि चिनिने गरिन्छ। बाक्लै सिमल भएका ठाउँमा यतिबेला फुल हेर्दै बसिरहूँजस्तो दृश्य देखिन्छ।

तर गाउँको पहिचान बनेका सिमलका रुखहरू पछिल्ला दिनमा विस्तारै घट्दै गएका छन्। रुखसँगै चराचुरुङ्गीका बासस्थान, तिनका चिरबिर र वन्य वातावरणसमेत घट्दै गएको देखिन्छ। सिमल अहिले काठ व्यवसायीको तारोमा परेको छ। यही गतिमा कटानी–फडानी भइरहेमा भविष्यमा सिमल गीतमा मात्र सीमित नहोला भन्न सकिन्न।

विशाल आकार, सुन्दर फूल, जडीबुटी गुण र पन्छीहरूको बासस्थानका हिसाबले सिमल अत्यन्त महत्त्वपूर्ण मानिन्छ। तर यसको प्रकार, गुण र सम्भावनाबारे खासै अध्ययन–अनुसन्धान भएको देखिँदैन। रातोबाहेक अन्य रङका सिमल पनि पाइन्छन्, यद्यपि ती विरलै भेटिन्छन्।

सिमललाई अंग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री वा कटन ट्री भनिन्छ। यसको फूलको बाहिरी आवरण गाढा खैरो–कालो रङको हुन्छ भने भित्रपट्टि गाढा रातो रङका पाँच पुष्पपत्र हुन्छन्। हल्का पहेंलो रङ मिसिएको फूल फुल्ने सिमल पनि पाइन्छ, तर यस्तो रुख दुर्लभ मानिन्छ। रातोबाहेक अन्य रङका सिमल औषधीय गुणका हिसाबले अझ उपयोगी मानिने गरिन्छ।

सिमलले बस्तीलाई सुन्दर बनाउनुका साथै विभिन्न चराचुरुङ्गीको आश्रयस्थलका रूपमा काम गर्छ। दुर्लभ मानिएका गिद्ध प्रजातिदेखि सुमधुर आवाजमा गाउने चरासम्म सिमलमा आश्रित हुन्छन्।

सिमलको भुवा, बीउ र फल मात्र होइन, पूरै रुख बहुउपयोगी छ। यसको दाना पशुचौपायाका लागि आहारका रूपमा प्रयोग हुन्छ भने मानिसले पनि तरकारीका रूपमा सेवन गर्न सक्छन्। सिमलको जराको पाउडरले पिसाबसम्बन्धी समस्या समाधान गर्न सहयोग पुर्‍याउने, काण्डको पाउडर दम र प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामा उपयोगी हुने, फूल र खोटो पेट दुख्ने तथा आउँ समस्यामा प्रयोग हुने जनविश्वास छ।

पर्यावरणीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण सिमल संरक्षण, उत्पादन, प्रवद्र्धन र बजारीकरणसँग जोड्न सकिए वातावरण संरक्षणसँगै स्थानीय जीविकोपार्जनमा समेत टेवा पुग्ने देखिन्छ।

आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.