• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

जेनजी आन्दोलन छानबिन आयोगको निष्कर्ष: तत्कालीन नेतृत्व दोषी

  •   मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिबारे छानबिनका लागि गठित आयोगले उक्त घटनाको दोषी तत्कालीन नेतृत्व देखिएको ठहरसहित छानबिन प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले तत्कालीन अवस्थामा सरकारको नेतृत्वमा रहेका व्यक्ति र फिल्डमा रहेका अधिकारीको गम्भीर त्रुटि औँल्याउँदै फौजदारी तथा कानुनी कारबाहीको सिफारिस गरेको छ ।

झन्डै नौ सय पृष्ठमा तयार पारिएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतलाई फौजदारी कानुन अनुसार कारबाहीको सिफारिस गरिएको आयोग स्रोतले जनाएको छ । जेनजी आन्दोलनमा भएको जनधनको अकल्पनीय क्षतिबारे सत्यतथ्य पत्ता लगाउन सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक, कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको तीन सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले विस्तृत छानबिन गरी रायसहितको प्रतिवेदन सरकारलाई बुझाएको र प्रतिवेदन सार्वजनिक भएपछि विषयहरू खुल्दै जाने बताउनुभयो । शर्माले भन्नुभयो, “हामीले प्रतिवेदन बुझाएका छौँ, त्यो सरकारले सार्वजनिक गरेपछि विषय बाहिर आउने छन्, यसबारे मैले अहिले केही बोल्नु उचित हुँदैन ।” उहाँले जसले गल्ती गरेको छ । त्यसलाई कारबाहीको सिफारिस गरेको र केही सुरक्षा कमजोरी भएकोबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो ।

काठमाडौँको माइतीघरबाट शान्तिपूर्ण रूपमा सुरु भएको जेनजी प्रदर्शन बिस्तारै संसद् भवन नयाँ बानेश्वरतर्फ मोडिएको थियो । नयाँ बानेश्वरको ‘दी एभरेस्ट होटल’ देखि उत्तरतर्फ ‘आइपेक्स मल’ पूर्वतर्फ मीनभवन क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको थियो । शान्तिपूर्ण प्रदर्शन अराजक बन्दै निषेधित क्षेत्र, संसद् भवनपरिसरमै पुगेर आगजनी, तोडफोड सुरु गरेपछि तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङले कानुन अनुसार बल प्रयोग गर्न फिल्ड कमान्डरलाई आदेश दिएको आरोप छ ।

भिड नियन्त्रण गर्न कम घातक प्रकृतिको न्यूनतम बल प्रयोग गर्नुपर्नेमा प्रहरीले घातक प्रकृतिका हतियार प्रयोग गरी अन्धाधुन्ध गोली चलाउँदा पहिलो दिनमै १९ जना जेनजी युवा मारिएका थिए । उक्त घटनापछि आक्रोशित र अराजक भिडले भदौ २४ गते काठमाडौँलगायत देशभर नै विध्वंस मच्चाएको ठहर आयोगको छ । गृह मन्त्रालयले यसअघि सार्वजनिक गरेको विवरण अनुसार जेनजी प्रदर्शनमा गोली लागेर देशभर ३९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । दुई दिनको प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको थियो । आन्दोलनमा दुई हजार ४२९ जना घाइते भएका थिए ।

जाँचबुझ आयोगले जिल्ला सुरक्षा समिति काठमाडौँका पदाधिकारीलाई आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गरी भविष्यमा यस्तो घटना दोहोरिन नदिन उपायसहितको सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम गठन भएको आयोगले गत असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको थियो । जेनजी प्रदर्शनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका दुई सय जनाभन्दा बढीसँग आयोगले बयान र आन्दोलनका क्रममा अराजक समूहबाट गरिएको लुटपाट, तोडफोड र आगजनीबाट सार्वजनिक तथा निजी क्षेत्रमा झन्डै साढे ८४ अर्बको क्षति भएको पाइएको छ ।

मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.