• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

  •   सोमबार, चैत १६, २०८२ मा प्रकाशित

चितवन , चैत्र १६ । कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुईवटा ठूला मेडिकल कलेजमा सहज रूपमा उपचार पाउने भएपछि उपचारका लागि कैदीबन्दीको रोजाइमा यस कारागार पर्ने गरेको हो ।

क्यान्सर रोग लागेका कैदीबन्दीको उपचारका लागि मुख्य रूपमा चितवन रोजाइ हुने गरेको भए पनि अहिले अन्य रोगका बिरामीको समेत रोजाइमा यस कार्यालय पर्ने गरेको हो । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार केही दिनअघिमात्रै केन्द्रीय कारागार नुवाकोटबाट तीन जना बिरामीलाई उपचारका लागि यहाँ पठाइएको छ । देशका विभिन्न जिल्लामा रहेका बिरामी कैदीबन्दी उपचारका लागि पहिलो रोजाइ काठमाडौँ र यसपछि चितवन हुने गरेको छ ।

चितवन मध्यभागमा पर्ने भएकाले पनि यातायातको सहज सुविधा हुँदा बिरामीका आफन्तलाई समेत सहज हुने भएकाले यहाँ आउने गरेका हुन् । उनका अनुसार हाल कारागारमा ११८ जना बिरामी कैदीबन्दी छन् ।

उनीहरूलाई विभिन्न प्रकारका रोग लागेको छ । उच्च रक्तचापका ५४ बिरामी छन् । यस्तै मधुमेहका ३०, मानसिक रोगी १२, हेपाटाइटिस बी भएका पाँच, मुटुरोग, क्षयरोग, क्यान्सर, एचआइभी एड्स, छारेरोग लागेका तीन–तीन र थाइराइडका दुई जना बिरामी रहेका छन् ।

उनले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधि खरिद गर्न पनि समस्या हुने गरेको बताए । यस आर्थिक वर्षमा यस कार्यालयलाई औषधोपचार खर्चबापत रु १२ लाख विनियोजन भएको थियो ।

सरकारले विनियोजन गरेको औषधिको रकम अपुग भएर जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरको स्वास्थ्य शाखा, औषधि व्यवसायीसँग सहकार्यमा औषधि व्यवस्थापन गर्दै आएको उनले जानकारी दिए । यस कारागारमा ४१ महिलासहित ६७९ जना कैदीबन्दी रहेका छन् । एक जना आश्रित बालक रहेको उनले बताए ।

अहिले अस्पतालमा भर्ना भएर दुई जना कैदीबन्दीले उपचार गराइरहेका छन् । यस कारागारको क्षमता ५०५ जनाको हो । यसमा ३० महिला र ४६५ पुरुष रहेको उनले बताए । जेनजी आन्दोलनका क्रममा भागेका ११० कैदीबन्दी अझै फर्कन बाँकी छ ।

सोमबार, चैत १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.