चितवन ।लायन्स क्लब अफ चितवन प्रोफेसनल्स को अध्यक्षमा सनराइज अधिकारी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। क्लबको तेस्रो अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
रोशन थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा दिपक शर्मा पौडेल, द्वितीय उपाध्यक्षमा मोहन गिरी, सचिवमा सुर्य दाहाल तथा सह–सचिवमा लोकनाथ शर्मा चयन गरेको छ।
यसैगरी, कोषाध्यक्षमा दिपक सापकोटा र सह–कोषाध्यक्षमा कृष्ण बहादुर कार्की निर्वाचित भएका छन्। अधिवेशनले ७ पदाधिकारीसहित २१ सदस्यीय कार्यसमिति गठन गरेको जनाएको छ।
भरतपुर–७ बुद्धचोकस्थित अकबरे सेकुवा एन्ड रेस्ट्रो मा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि क्लस्टर चिफ लायन राजु पिया तथा विशिष्ट अतिथि जोन ३४ का जोन चियरपर्सन ओमकार सिग्देल सहभागी भएका थिए। साथै, निवर्तमान अध्यक्ष लायन निसेश अधिकारीसहित अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लायन्स क्लबमार्फत सामाजिक सेवा, नेतृत्व विकास तथा समुदायप्रतिको उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित अध्यक्ष सनराइज अधिकारीले क्लबलाई सक्रिय, सशक्त र परिणाममुखी बनाउँदै समाजसेवामा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


