• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘पारी बुटोल’को टिजर सार्वजनिक, यथार्थपरक कथामा आधारित फिल्म

  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित

काठमाडौं – गणेश देव पाण्डेको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक भएको छ। टिजरमा चलचित्रका प्रमुख पात्रहरूलाई क्रमैसँग उनीहरूको लुक्स र चरित्रमा प्रस्तुत गरिएको छ, जसले यो चलचित्र ग्याङ्स्टर जनरामा निर्माण भएको कुरालाई प्रमाणित गर्छ। टिजरमा देखिएको कलाकारहरूको उत्कृष्ट अभिनय, महेश पौडेलको जीवन्त छायाङ्कन, जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र र्‍यापर भ्योमाको गीतले निकै गजबको संयोजन बनाएको छ।

लेखक तथा निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ केवल एउटा ग्याङ्स्टर फिल्म मात्र होइन। यो युवाहरू, उनीहरूको परिवार, जीवनका सङ्घर्षहरू र सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने चलखेललाई सामान्य बनाउने प्रयासको कथा हो। बुटवलका वास्तविक स्थानहरूमा छायाङ्कन गरिएको यस चलचित्रले त्यहाँको वास्तविक वातावरणलाई समेट्दै दर्शकलाई एकदमै लोकल र यथार्थपरक अनुभूति दिनेछ। फिल्मका पात्रहरू बुटवलकै वास्तविक मानिसहरू र उनीहरूको भोगाइबाट प्रेरित छन्। उनीहरूको भाषा, बोलीचालीदेखि शारीरिक हाउभाउसम्मलाई वास्तविक जीवनका घटना र अनुभवहरूबाट लिइएको छ, जसले कथाको सत्यतालाई थप गहिरो बनाउँदै दर्शकसँग सिधै जोड्ने विश्वास निर्माण पक्षको छ।

पर्दामा पात्रहरूलाई विश्वसनीय र यथार्थपरक देखाउन निर्माण टोलीले निकै लामो गृहकार्य गरेको थियो। करिब एक हजार जना कलाकारहरूको अडिसनबाट सही कलाकारहरूको छनोट गरिएको थियो। पात्रहरूमा जीवन्तता ल्याउनका लागि करिब छ महिना लामो अभिनय कार्यशाला र एक महिनाको एक्सन वर्कसप सम्पन्न गरेपछि मात्र चलचित्रको छायाङ्कन सुरु गरिएको थियो।

ल्याक्सी श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा मनीषा अधिकारी सह-निर्माताको रूपमा रहेकी छन्। चलचित्रमा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठ लगायतका दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ। त्यसै गरी, चलचित्रमा एनबी महर्जनको एक्सन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन र रोहित बरालको लोकेसन साउन्ड रहेको छ। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ। वास्तविक धरातलबाट उठेर निर्माण भएको यस चलचित्रले नेपाली दर्शकमाझ नयाँ छाप छोड्ने अपेक्षा गरिएको छ।

आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.