• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : संयोजक प्रचण्ड

  •   मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका स‌याेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

सम्बोधनका क्रममा प्रचण्डले भन्नुभयो, “बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँटा र फलामले बनेको देखिएला, तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ । हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद्का लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्‍यौँ ।”

संयोजक प्रचण्डले सङ्घीय संसद्‌मा देखिएको समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठुलो उपलब्धिको रूपमा व्याख्या गर्नुभयो । क्रान्ति, बलिदान र लामो सङ्घर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई उहाँले “रगतले लेखिएको कथा” को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, “परिणामका दृष्टिले को सानो वा को ठुलो भयो भन्ने कुरा गौण हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधिसभामा महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारू, उपेक्षित र उत्पीडित समुदायको इन्द्रधनुषी प्रतिनिधित्व हुनु मेरा लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ।”

सम्बोधनका क्रममा उहाँले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको सफलतालाई स्वीकार गर्दै बधाई दिनुभयो । रास्वपासँगको सहकार्यको स्मरण गर्दै उहाँले भन्नुभयो, “अघिल्लो संसदमा मैले प्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेताका रूपमा रास्वपासँग दह्रो सहकार्य गरेको थिएँ ।”

उहाँले थप्नुभयो,“त्यसबेला सुशासन, सेवा प्रवाहको सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता र भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जस्ता ठुला माफियाविरुद्धका कारबाहीमा हाम्रो सहकार्य रह्यो ।”

यस्तै, संयोजक प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाहको उदयलाई पनि क्रान्तिको जितकै रूपमा व्याख्या गर्नुभयो । “बालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नु भएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै सङ्कल्पको जित हो,” उहाँले भन्नुभयो ।

पछिल्लो समय राजनीतिमा चर्चामा रहेको ‘पुराना र नयाँ’ को भाष्य दार्शनिक र राजनीतिक दृष्टिले गलत भएको प्रचण्डको तर्क छ ।

उहाँले स्पष्ट पार्दै भन्नुभयो, “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । यस्तो भाष्यले समाजमा विभाजन मात्र ल्याउँछ । सही र गलतको बहसले मात्र रूपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ ।”

संयोजक प्रचण्डले समावेशी र समानुपातिक प्रतिनिधित्वमाथि गर्व गर्ने हक आफूलाई भएको बताउँदै शान्ति प्रक्रियाको पूर्णता अब नयाँ पुस्ताको पनि जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

हामीबाट र इतिहासबाट सिक्नुहोस्

सरकारको आलोचना गर्ने आशय नभएको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम जनताको उच्च आकाङ्क्षाअनुरूप नआएको टिप्पणी गर्नुभयो ।

“नीति तथा कार्यक्रम मन्त्रालयका नियमित कार्यक्रमहरूको सारसंग्रह जस्तो मात्र देखिएको छ,” उहाँले भन्नुभयो, “यसलाई विगतका कार्यक्रमहरूको आलोकमा तुलनात्मक अध्ययन गरी वर्तमान विशिष्टतामा जनताका आकाङ्क्षा सम्बोधन हुने गरी परिमार्जन गर्न म सबै माननीयज्यूहरूलाई आग्रह गर्दछु ।”

उहाँले विगतमा तत्कालीन नेकपा पनि सोही आकारमा रहेको स्मरण गर्दै भन्नुभयो, “सङ्ख्या कहिल्यै स्थायी हुँदैन, न त जनताको समर्थन निःशर्त हुन्छ । यो हामीबाट र इतिहासबाट सिक्नुहोस् ।”

“जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस्, हाम्रो साथ र समर्थन रहन्छ,” उहाँले भन्नुभयो, “राष्ट्र निर्माण सामूहिकताबाट मात्र सम्भव छ ।” उहाँले सरकार र संसद्का सबै सदस्यहरूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.