• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

किन भिड्दैछन् दयाहाङ र सौगात ? ‘मितज्यू’ले खुलायो रहस्य

  •   आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ ०३
नेपाली चलचित्र उद्योगमा केही यस्ता कलाकार छन्, जो सँगै पर्दामा देखिँदा दर्शकमा उत्साह देखिन्छ । यस्तै मध्येका दुई कलाकार हुन्, दयाहाङ राई र सौगात मल्ल । यी दुई कलाकार एउटै चलचित्रमा देखिँदा त्यो सिनेमाको हाइप नै बढ्छ र दर्शकमा प्रतिक्षा हुन्छ ।

यो अवसर फेरि एकपटक जुराइदिएको छ, चलचित्र ‘मितज्यू’ले । ‘मितज्यू’मा सौगात र दयाहाङ एक साथ देखिँदैछन् । कुनै सिनेमामा दुई भेट्रान कलाकार भए पनि कोही अतिथि भूमिकामा मात्रै हुन्छन् ।

तर, ‘मितज्यू’ यी दुई कलाकार मुख्य भूमिकामा छन् । दुई मितको कथा हो, ‘मितज्यू’ । र, ‘मितज्यू’मा सौगात र दयाहाङ मित हुन् । यी दुई मितबीच एक युवतीको प्रवेश र रुटमा हालेको गाडीलाई लिएर चलचित्रमा हुने उतारचढावको कथामा ‘मितज्यू’ बनेको छ ।

त्यसैले यो सिनेमाको द्वन्द्व भनेकै सौगात र दयाहाङबीच छ । यी दुई कलाकारबीच हुने नोकझोक र टसलको वरिपरि सिनेमा घुम्छ । यसैले सिनेमामा दर्शक होल्ड गर्ने हो ।

वास्तवमा मित भएपछि एकले अर्कोको नाम उच्चारण गरेर बोलाउन पनि हुँदैन भन्ने मान्यता छ । तर, ‘मितज्यू’मा यी दुईबीच झगडा नै हुने यसका अहिलेसम्ममा सिनेमाका बाहिर आएका कन्टेन्टले नै देखाइरहेको छ ।

“यी दुई कलाकारको टकराब हाम्रो चलचित्रमा गज्जवले हेर्न पाइन्छ । यी कलाकारबीचको मतभेद र द्वन्द्व नै सिनेमा मुख्य आकर्षण हो,” निर्देशक अनिल बुढा मगर भन्छन्, “हामीले हेर्दा दयाहाङ र सौगात दुवै सिनेमाको हिरो हो, तर पनि द्वन्द्व पनि उहाँहरू बीच नै हुन्छ भने पक्कै पनि दर्शकले मन पराउनु हुनेछ भन्ने लागेको छ ।” मित लगाएर मितको साइनोमा बाँधिइसकेपछि फेरि कसरी झगडा सम्भव र त्यसको बैठान कसरी हुन्छ भन्ने कौतुहलता सिनेमाले मेटाउने उनी बताउँछन् ।

वास्तवमा दयाहाङ र सौगातबीच जुन चलचित्रमा टकराव छ, त्यही हिट भएको विगत छ । ‘कबड्डी’ र ‘लुट’ यसका उदाहरण हुन् । त्यसैले यी दुईबीचको टकराब दर्शकले ‘मितज्यू’मा पनि मन पराउने निर्देशक अनिलको विश्वास छ ।

चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । नेपाली ग्रामीण परिवेशको कथा ‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ ।

नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथा सिनेमाको मुख्य विषय भएकाले धेरै दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्थ छ ।

आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.