काठमाडौं, जेठ ०५
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । प्रदर्शनको ११ दिनसम्म आइपुग्दा फिल्मले नेपालभरबाट ४ करोड २९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ ।
निर्माता म्याक्स दीपेश खत्रीका अनुसार वितरकबाट प्राप्त विवरणअनुसार फिल्मले उक्त व्यापार गर्न सफल भएको हो । सामाजिक विषयवस्तुमा आधारित फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको भनाइ छ ।
फिल्मप्रति दर्शकको आकर्षण बढ्दै गएपछि निर्माण टिम अहिले दर्शकमाझ पुगेर प्रत्यक्ष भेटघाट तथा साक्षात्कारमा व्यस्त छ । टिमको एउटा समूह काठमाडौंका विभिन्न सिनेमाघरमा पुगिरहेको छ भने अर्को समूह पूर्वका शहरहरूमा दर्शकसँग अन्तरक्रियामा जुटिरहेको छ ।
यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’मा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराललगायत कलाकारहरूको अभिनय रहेको छ ।ल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् ।
फिल्मले प्रदर्शनको सुरुवातदेखि नै चर्चा बटुल्दै आएको छ । विशेषगरी फिल्मको कथावस्तु, कलाकारको अभिनय र सामाजिक सन्देशले दर्शकको मन जितिरहेको बताइएको छ ।


