• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सेन्सरबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएपछि ‘मितज्यू’को बुकिङ सुरु

  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित

काठमाडौं : केन्द्रीय चलचित्र जाँच पास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएसँगै आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी सेन्सर पास भएको यस चलचित्रले बुधबार बिहानसम्म देशभरका ११ वटा हलमा २८ शो प्राप्त गर्दै आक्रामक सुरुवात गरेको हो।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित तथा अनिल बुढामगर निर्देशित यस चलचित्रले हलहरूमा सुखद सो पाएको छ। एफक्युब चाबहिल, आइएनआईका बुटवल, नयाँ बानेश्वर, सिमरा, लोत्से मल र विश्वज्योतिसहित दाङ, बनेपा र कपिलवस्तुका सिनेमा हलहरूले बुकिङ खुलाइसकेका छन्। आफ्नो अघिल्लो चलचित्र ‘घरज्वाईँ’को सेन्सर ताका झन्झट बेहोर्नु परेको स्मरण गर्दै निर्देशक बुढामगरले यसपटक सहजै युनिभर्सल सर्टिफिकेट पाउँदा सम्पूर्ण निर्माण टिम हर्षित भएको बताएका छन्।

ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय रहेको छ भने चर्चित डान्सर तेरिया फौज मगरले यसै चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी छिन्। चलचित्रमा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायतका कलाकारहरूको समेत सशक्त अभिनय छ।

शिशिर बिशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको ‘मितज्यू’मा श्रीकृष्ण बम मल्लको संगीत तथा मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ। हाल चलचित्रमा समावेश ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ बोलका गीतहरू टिकटक र युट्युबमा निकै चर्चामा छन्। आरआर फिल्म्सले वितरणको जिम्मा लिएको यस चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ।

बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.